पाँचथर, १० कात्तिक । जिल्ला प्रहरी कार्यालयमा एकै दिन ५ थान मुद्दा दर्ता भएका छन् । जवर्जस्ती करणी, आगो लगाएको, बहुविवाह र सार्वजनिक अपराधसहित ५ वटा मुद्दा दर्ता भएको हो ।
लुम्फाबुङ गाविस ८ का ३३ वर्षीय पुरुषले ३२ वर्षीया महिलालाई घर फर्कंदै गर्दा बाटोमा जबर्जस्तीकरणी गरेकाले उक्त पुरुषविरुद्ध मुद्दा दर्ता गरिएको छ । त्यसैगरी नवमी डाडाँ गाविस–८ का ३७ वर्षीया रिन्जिला आङदेम्बेले आफ्नो घरमा आगो लगाएको भनी धनकुमार आङदेम्बेले दिएको उजुरीका आधारमा छानबिनगरी मुद्दा दर्ता गरिएका छ ।
अमरपुर–५ का कुसुम तामाङले आप्mनो पति पोख्रेल थिङले शान्ता भन्ने विष्णुमाया योङहाङलाई दोस्रो विवाह गरेको निवेदनको आधारमा खोजतलास गरी पक्राउ गरी बहुविवाहअन्तर्गत मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।
यता पाँचथर प्रहरीले चाडपर्वलाई लक्षित गरी सवारी चेकजाँच, मापसे गरी सवारी चलाइरहेका चालक तेह्रथुम चुहानडाँडा–४ बस्ने ३० वर्षीय मानबहादुर तामाङले प्रहरीलाई अपशब्द प्रयोग गरेको कारण उनीविरुद्ध सार्वजनीक अपराध सजाय ऐन अनुसार सार्वजनिक अपराध मुद्दा दर्ता गरिएको छ ।
प्रतिक्रिया