डब्लुटिएफ अध्यक्ष डा. चो नेपालमा

10काठमाडौं, ६ कात्तिक । तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चो शुक्रबार नेपाल आइपुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आएका डब्लुटिएफ अध्यक्ष डा. चोलगायत टोलीको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको थियो । चो लगायत टोलीलाई नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकास सम्सेर राणा, उपाध्यक्ष हरिश्वर पोख्रेल, महासचिव दिपराज गुरुङ, केन्द्रीय सदस्य, विभिन्न डोजाङ प्रमुख र खेलाडीहरुले पूmलमालालगायतले भब्य स्वागत गरे ।

त्यस्तै भ्रमणको दौरानमा उनले तेक्वान्दोका विभिन्न गतिविधिकाबारेमा अध्ययन गर्नेछन् । अध्यक्ष डा. चोले त्यसबिच भगवान गौतम बुद्धको पवित्र जन्मस्थान लुम्बिनी र स्वंयम्भुनाथको दर्शन एवं भ्रमण गर्ने कार्यक्रम रहेको छ । डा. चोलाई नेपाल तेक्वान्दो संघले विश्वमा तेक्वान्दो खेलको विकासमा पु¥याएको योगदानको कदर गर्दै विशेष अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

डा.चोले नेपालमा रहेको बेला बरिष्ठ राजनैतिक ब्यक्तित्व र सरकारको उच्च ओहदाका पदाधिकारीहरूसंग शिष्टचार भेटघाट गर्ने कार्यक्रम रहेको सघंले जनाएको छ । दोस्रो पटक नेपाल भ्रमणमा आएका अध्यक्ष डा. चो कात्तिक ९ गतेसम्म नेपालमा रहनेछन् । गत वर्षको माघमा भूकम्पबाट प्रभावित क्षेत्रका लागि डब्लुटिएफको तेक्वान्दो ह्युमेनीटेरिन फाउन्डेसन अन्र्तगत राहत कार्यक्रमका लागि उनी नेपाल आएका थिए ।

प्रतिक्रिया