गीतकार संघका अध्यक्ष पक्राउ

काठमाडौं, ४ कात्तिक । गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । आफू कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनलाई बालुवाटार ४ स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो । दसैँअघि कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले जानकारी दिएका छन् । गीतकार दाहालले ०४६ सालदेखि अमलेखगञ्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा अधिकृतको रुपमा कार्यरत थिए । कम्पनीले उनीमाथि छानविन अघि बढाउँदा रकम हिनामिना भएको देखिएपछि दसैँअघि प्रहरीमा उजुरी गरेको थियो ।

कम्पनी घाटामा देखिएपछि २ वर्षअघि नयाँ लेखा प्रणालीमा जान खोज्दा दाहालले निकै विरोध गरेको कम्पनीको आरोप छ । गीतकार दाहाल दुईपटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनले अक्षर, प्लेयर, सो फार, यात्रा, स्मृति, यात्रा २, माया नै मायालगायतका गीतिसंग्रह निकालिसकेका छन् । गीतकार दाहालले आफ्ना कृतिहरुबाट विभिन्न म्युजिक अवार्ड र सम्मानहरुसमेत पाएका छन् ।

प्रतिक्रिया