कलाकारितामा जम्दै लिसरा उर्फ कृष्टि

lisara-copyकाठमाडौं, ४ कात्तिक । अभिनय यात्रामा उत्रेकी लिसरा (कृष्टि) रहरैरहरमा मोडलको रुपमा चिनिन थालेकी छन् । उनले खेल्ने भूमिकामा आपूmलाई सशक्त बनाउँदै आएकी लिसराले कलाको बारेमा भविष्य के हुने हो भन्ने बारेमा समेत निश्चित गरिसकेकी छन् ।

भोजपुरको दिङला ४ मा जन्मेर भारतको दार्जिलिङमा हुर्केकी उनी कहिले भोजपुर कहिले कालिङपोङ त कहिले झापाको बसाईले उनलाई घुमन्ते जीवनको स्वाद राम्रै चखाइसकेको छ । कालिम्पोङको डेलो डाडाँको सिरेटोले थरथराएको ओँठले अभिनयको यात्रा प्रारम्भ गर्ने अठोठ त्यही बेला जन्मेको उनले बताईन । मनमा उत्कट चाहाना बोकेर संघर्षको मैदानमा उत्रेकी उनी पुख्र्यौली घर भोजपुरमा फर्केपछि बजुको साथमा रमाउदै गर्दा गाउँमा देखाइने नाटक तथा साँस्कृतिक कार्यक्रमले उनलाई उत्साहित बनाएको थियो ।

lisara-2-copyझापाको पछिल्लो बसाइमा उनले स्थानीय क्लबले दसैँ तिहारको अवसरमा देखाइने उही प्रकृतिको कार्यक्रममा अभिनयको अफर आएपछि उनी त्यतातर्फ मोडिन सजिलो भयो । उनले त्यस बेला ‘आँशुको बदला आँशु’ नामक नाटकमा ‘ठूली’ को भूमिका पाएको बताइन् । उनले त्यो अभिनयमा राम्रै दर्शकको मन जितेपछि उनमा अभिनयको अर्कै स्वाद थपिएकाले यसलाई कर्म क्षेत्रका रुपमा विकास गरेकी हुन् ।

कुनै समय पूर्वको संखुवासभाको खाँदबारी एफएममा रिर्पोटिङ गरेर पत्रकारिताको अनुभवसमेत बटुलेकी उनले ६ महिना अभिनय तथा उद्घोषणसम्बन्धी तालिमसमेत लिएकी छन् । वीर रस होस् या करुण रसको अभिनय होस् जीवन्त अभिनय गर्ने उनी संघर्षकै क्रममा विगत ५ वर्षयता काठमाडौंमा रहेर संघर्षरत छिन् ।

सत्यघटनामा आधारित टेलिश्रृंखलामा (प्रशारण हुन बाँकी) अभिनय गर्दै आएकी उनी पछिल्लो समयमा ल्याप्चे नामको टेलिसिरियलमा जोडिएकी छन् । उनले यसमा आफ्नो जीवन्त अभिनयको निखार ल्याउने प्रयासमा रहेको बताउँछिन् । जीवनको लक्ष्य अभिनयमा देख्ने उनीलाई कमेडी कलाकारको निम्ति आफुलाई उपयुक्त छु की जस्तो लाग्ने गरेको सुनाइन् । सिधा र हाकाहाक्की बोलन सक्ने आत्मबल विभिन्न घटनाक्रमले दिएको देनका रुपमा लिने उनले यो क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित बनाउन अझै मिहेनत बाँकी रहेकाले कोसिसमा रहेका बताइन् ।

पछिल्लो समयमा म्युजिक भिडियो तथा स्टेज कार्यक्रमहरुमा प्रस्तुति दिँदै आएकी कृष्टिको एउटै चाहना सम्मुनत समाज स्थापना गर्न आफ्नो कलाले सकोस् भन्ने रहेको छ । उनले भनिन्, ‘समाज बिग्रयो भने हामी कसरी राम्रो हुन सक्छौं र ?’ उनले अझै अगाडि बढ्दै थपिन ‘समाजलाई सुसभ्य बनाउन हामी सबैको उत्तिकै हात रहने भएकाले म यही क्षेत्रबाट केही गर्न चाहनामा छु ।’

कला देश र समाजका लागि हुनुपर्ने विचार राख्ने उनले आपूmलाई केही म्युजिक भिडियो तथा चलचित्रहरुमा काम गर्ने प्रस्ताव आए पनि उनले मूलधारमा जस्तो नांगिने बांगिने कलामा आपूm नलाग्ने बताइन् । ‘समाजमा पच्दो र सन्देश दिने भए ठीक छ । तर अनाहकमा नांगो प्रस्तुति मलाई मन नै पर्दैन’ उनले भनिन् ।

प्रतिक्रिया