पाँचथर, १९ असोज । जिल्ला प्रहरी कार्यालयले सोमबार रक्तदान गरेको छ । १६औँ प्रहरी स्थापना दिवसको अवसरमा रक्तदान गरेको हो । २० असोजमा पर्ने प्रहरी दिवसको सन्र्दभमा रक्तदानको कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालयको परिसरमा भएको कार्यक्रममा प्रहरी सहायक निरीक्षक खडग गिरीलगायत २ प्रहरी हवल्दार र ३ प्रहरी जवानलगायत ६ जनाले रक्तदान गरेका हुन् । सोही अवसरमा आन्तरिक ब्याडमिन्टन प्रतीयोगितासमेत गराइएको थियो ।
प्रतियोगिता असोज १६ गतेदेखि सञ्चालन भएको थियो । विजयी हुनेहरूमा प्रहरी हवल्दार बिनोद थापामगर र प्रहरी जवान चन्द्रहाङ लिम्बू पूरस्कृत हुने भएका छन् । १९ असोजमा फिदिम नगर सरसफाइ गरिने र २० गते भव्य रूपमा प्रहरीदिवस मनाइने डिएसपी नकुल पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया