मोरङ, १९ असोज । शिक्षा क्षेत्रमा पु¥याएको योगदानस्वरूप उर्लाबारी–३ स्थित राधिका माविका तत्कालीन प्रधानाध्यापक स्वर्गीय दिलीप राईको सम्झनामा ४ लाख बढीको छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ । उर्लाबारी परिवार हङकङले स्व राईको स्मृति दिवसका दिन वितरण गर्ने गरी छात्रवृत्ति अक्षय कोषको स्थापना गरेको अध्यक्ष विकास सुब्बाले जानकारी दिए । संस्थाले उर्लाबारीको कुमारी बैंकमा ४ लाख ३० हजार रूपैयाँ राखेको र त्यसको ब्याजबाट प्रत्येक वर्ष उर्लाबारी नगरभित्र रहेका सामुदायिक विद्यालयबाट कक्षा १० मा उत्कृष्ट अंक ल्याउने १ एक छात्र र छात्रालाई छात्रवृत्ति वितरण गरिनेछ ।
उर्लाबारीमा शिक्षा क्षेत्रमा राईले पु¥याएको योगदानलाई सधैँ स्मरणीय बनाउन कोषको स्थापना गरिएको संस्थाका नेपाल प्रतिनिधि राजु लामाले बताए ।
प्रतिक्रिया