योसुनोरीलाई नोबेल पुरस्कार

काठमाडौं, १८ असोज । जापानका योसिनोरी ओहसुमीलाई २०१६ को चिकित्साशास्त्र वा शरीरविज्ञान (फिजियोलोजी)को नोबेल पुरस्कारबाट सम्मानित गरिएको छ । उनलाई शरीरले कोसिकाहरूको खण्डीकरण तथा पुनः प्रयोगका विषयमा गरेको अनुसन्धानका लागि दिइएको हो । क्यान्सरदेखि पार्किन्ससम्मका रोगका बारेमा बुझ्न यसले मद्दत गर्ने पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया