तेलको मूल्य फेरि घट्यो

काठमाडौं, १८ असोज । तेल निर्यातकहरूले गतसाता उत्पादन घटाउने सहमति गरेका भए पनि आइतवार प्रतिब्यारेल ५० डलरले घटेको छ । खपतभन्दा उत्पादन बढी भएको र व्यापारीले उत्पादकहरूको कदम प्रभावकारी हुने सन्देह गरेकाले तेलको भाउ घटेको रोयटर्सले जनाएको छ ।

तेल निर्यातकहरू संगठन ओपेकले उत्पादन घटाएर प्रतिदिन ३३ हजार ब्यारेलमा झार्ने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय वजारमा भाउ घटे पनि नेपालमा त्यसले तत्काल प्रभाव नपार्ने नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया