पाँचथर, १७ असोज । निर्माण व्यवसायी संघ पाँचथरको १०औँ साधारणसभा तथा अधिवेशनले फिदिम नगरपालिका–१ का स्थानीय वीरेन्द्रकुमार नेम्बाङको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनको बन्दसत्रले नेम्बाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नव निर्वाचित समितिको प्रथम उपाध्यक्षमा वल थापा, द्वितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल र तृतीय उपाध्यक्षमा शशीराज आङदेम्बे निर्वाचित भएका छन् । यस्तै समितिको महासचिवमा सूर्यप्रकाश बाँस्कोटा, नीतिगत उपमहासचिवमा दीपेन योक्पाङदेन, आन्तरिक उपमहासचिवमा पूर्ण आङदेम्बे र कोषाध्यक्षमा दिनानाथ अधिकारी निर्वाचित भए ।
अन्य सदस्यहरूमा कृष्णप्रसाद बाँस्कोटा, डिल्लीकुमार आले, ताराप्रसाद भट्टराई, शंकर थापा, सिरेन राई, प्रेम तुम्बापो, जगत थापा, गोपी नेपाली, शैलेन्द्र कुरुम्बाङ, लोकप्रसाद अधिकारी, नरहरी उप्रेती र विनोद खनाल निर्वाचित भएका छन् ।
समितिको महिला सदस्यमा देवकुमारी ढुंगाना निर्वाचित भएकी छन् । शुक्रबार सुरु भएको अधिवेशनको निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया