विदेशजान चाहानेलाई सचेतना

पाँचथर, १६ भदौ । जिल्लाप्रहरी कार्यालय पाँचथर र सामुदायिक सेवा केन्द्र पाँचथरले वैदेशिक रोजगारीमा जाने युवायुवतीकालागि विशेष परामर्श दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय परिसरमा परामर्श डेस्क नै स्थापना गरेको छ । हेल्प डेक्सले रोजगारीकालागि विदेश जान लागेकाहरूलाई भावीदिनका बिषयमा ख्याल नगरेको बिषयलाई प्रहरीले प्रष्ट्याइ दिनेछ ।

वैदेशिक रोजगारीका कारण कयौँको घरबार विग्रेको छ भने सम्बन्ध विच्छेद गर्नेको संख्या समेत बढेको छ । सम्बन्ध विच्छेद नै नगरी धन सम्पत्तिकुम्ल्याएर अर्कैसँग विवाहगर्ने क्रम समेत बढिरहेको छ । अवैध यौन सम्बन्धका कारण हत्या, आत्महत्या तथा नवजातशिशुको हत्याका घट्ना समेत जिल्लाप्रशस्तै घटिरहेका छन् । वैदेशिक रोजगारीमाजानुपूर्व तथा गएपछि गर्नुपर्ने कामकाबिषयमापाँचथर प्रहरीले परामर्श दिनथालेको हो । स्थापना गरीएको परामर्श डेस्कबाट बैदेशिक रोजगारीमा जाने तयारीमा रहेको व्यक्तिहरूलाई परामर्श समेत दिनथालिएको जिल्लाप्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

वैदेशिक रोजगारीमाजान राहदानीबनाउन राहदानीको आवेदनफारम भर्न, परराष्ट्र मन्त्रालयतथाअन्य जिल्लाबाट तत्काल राहदानीलिन सिफारिस लिनतथातयार भएको राहदानीलिनआउनेहरूको जमघट हुने हुँदा जिल्लाप्रशासन कार्यालयमा परामर्श डेस्क स्थापना गरी दैनिक रूपमा परामर्श दिनथालिएको प्रहरी नायवउपरीक्षक कृष्णप्रसाद कोइरालाले वताए । वैदेशिक रोजगारीमा गएकाव्यक्तिहरूले भोगेका समस्याहरू, सुरक्षितसाथ दलालबाट नठगिई रोजगारी प्राप्तगर्ने उपाय, कानुनीप्रावधानहरू तथा अपनाउनुपर्ने सावधानी सहित परिवारबाट टाढा रहँदा घर परिवारमासिर्जना हुने समस्याहरू, परिवारसँग लामो समय टेलिफोनमा समेत सम्पर्क नहुँदा उत्पन्नहुने समस्या, श्रीमान वा श्रीमतीकालागि यौनजन्यआवश्यकताको परिपूर्ति, बालबच्चालाई माया–ममताको खाँचो पर्ने लगायतका बिषयमा परामर्श दिन डेक्स बनाइएको बताइएको छ ।

परामर्श डेस्कमा प्रहरी सहायक निरीक्षक विमल प्रसाई र प्रहरी जवान गीता सारु मगरले राहदानीको काममा आएकाहरूलाई जानकारी गराएका थिए । दैनिकजसो वैदेशिक रोजगारीमा गएकाहरूबाट सिर्जित समस्या आउन थालेपछि यस्तो अभियान चलाइएको प्रहरीकोे भनाई छ ।

प्रतिक्रिया