काठमाडौं, १५ असोज । भारतसहित ५ देशले भाग नलिने घोषणा गरेपछि पाकिस्तानले अर्को महिना हुने तय भएको सार्कको १९औँ शिखर सम्मेलन स्थगितको घोषणा गरेको छ ।
भारत र पाकिस्तानको तनाव चुलिएपछि त्यसको छायाँ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा परेको छ । सुरुमा भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा नजाने घोषणा ग¥यो ।
त्यसपछि अफगानिस्तान बंगलादेश र भुटानले सहभागी नहुने घोषणा ग¥यो । शुक्रबार श्रीलंकाले पनि भाग नलिने बताएपछि पाकिस्तानले सार्क स्थगितको घोषणा गरेको छ । पाकिस्तानले सार्क सम्मेलनको नयाँ मिति छिट्टै घोषणा गर्ने बताएको छ ।
प्रतिक्रिया