लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा बद्री

badri-pangeniकाठमाडौं, १३ असोज । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को अध्यक्षमा गायक बद्री पंगेनी निर्वाचित भएका छन् । काठमाडौंमा भएको छैठौँ महाधिवेशनमा पंगेनीले ८ सय ८८ मत ल्याएका थिए भने उनका प्रत्यासी विष्णु खत्रीले ५सय ८ मत ल्याएका थिए ।

वरिष्ठ उपाध्यक्षमा रमेश बिजी, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँड विजयी भएका छन् । सुवास केसी महासचिव भए भने उपमहासचिवमा चोलेन पौडेल विजयी भएका छन् ।

शंकर बिसी, खुमन अधिकारी र कृष्ण रेउले सचिव पदमा निर्वाचित भए भने कोषाध्यक्षमा दीपक खड्का निर्विरोध निर्वाचित भएका छन् । सह–कोषाध्यक्षमा टीका पुन विजयी भएकी छन् । शिव हमाल सदस्य खुला र देवी घर्ती महिला सदस्यमा निर्वाचित भईन् । पार्वती राई, राजु ढकाल, कुलेन विश्वकर्मा, राजन ठकुरी, वसन्त थापा, सन्तोष आलेमगर, जीवन दाहाल, हरि डाँगी, प्रचण्ड जिसी, रमेशराज भट्टराई, ईश्वरीप्रसाद भुसाल, राजन गुरुङ र विनोद बाजुराली सदस्य पदमा भएका छन् ।

त्यस्तै महिलातर्फ सदस्य पदमा देवी घर्ती, मुना थपामगर, पूर्णकला बिसी, जमुना राना, जानकी तारमी मगर, विजयी भएका हुन् । महिला उपाध्यक्षमा रीता थापामगर निर्विरोध निर्वाचित भइन् भने महिला सचिवमा राधिका हमाल निर्विरोध भएकी थिइन् ।

त्यस्तै प्रदेश नं. २ संयोजकमा कृष्णप्रसाद गौतम, प्रदेश नं. ३ संयोजकमा रमिला न्यौपाने, प्रदेश नं. ४ संयोजकमा तारापति सुवेदी, प्रदेश नं. ५ संयोजकमा लक्ष्मण खड्का, प्रदेश नं ७ संयोजकमा सुरत रावत विजयी भएका छन् । लोकगीतको संरक्षण र यसमा लाग्ने श्रष्टाहरूको हकहितका लागि भन्दै यो संस्था स्थापना गरिएको हो । तर, पछिल्लो समयमा लोकगीतमा देखिएको विकृतीलाई ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले रोक्न नसकेको र कुनै कदम नचालेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया