पाँचथर प्रहरीको विद्यालय सचेतना अभियानमा निरन्तरता

पाँचथर, १२ असोज । पाँचथर प्रहरीले विद्यालय सचेतना अभियान सञ्चालन गरी रहेको अवस्थामा आज फिदिम गढी माध्यमिक विद्यालयमा विद्यार्थीहरूमाझ सचेतना दिलाएको छ ।

सचेतना कक्षा प्रहरी मेरो साथी कार्यक्रमअन्तर्गत सञ्चालन गरिँदै आइरहेको छ । विद्यालयका दृष्टिविहीन साथै अन्य विद्यार्थीहरू, शिक्षक, शिक्षिका गरी ३० जनाको माझमा सचेतना गरिएको हो ।

सहभागीलाई अपराध के हो, कस्ता प्रवृत्तिलाई अपराध भनिन्छ, भन्ने विषयमा इनिस्पेक्टर विजय श्रेष्ठले यौनजन्य दूव्र्यवहार, लागुऔषध दुब्र्यसनी तथा विद्यार्थीमाझ त्यस्तो क्रियाकलापमा फस्छन र बच्न सावधानी हुने जानकारी दिएका थिए ।

प्रतिक्रिया