काठमाडौं, १३ असोज । कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी शिवध्वज बस्नेतको ९६ वर्षको उमेरमा गए राति १ बजे निधन भयो । प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका लागि भएका आन्दोलनका क्रममा पटक–पटक जेल पर्नुभएका बस्नेत लामो समयदेखि विपी कोइराला र गिरिजाप्रसाद कोइरालासँगै राजनीतिमा सक्रिय थिए । सोलुखुम्बुमा जन्मनुभएका बस्नेत हाल काठमाडौं बौद्धमा बस्दै आएको थियो ।
उनको पार्थिव शरीरमा बुधबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाइ अन्तिम बिदाइ गरे । उनलाई श्रद्धाञ्जलि दिन महामन्त्री डा.शशांक कोइरालासहित पार्टीका नेता कार्यकर्ताको पशुपति आर्यघाटमा बाक्लो उपस्थिति थियो ।
प्रतिक्रिया