यती एयरलाइन्सको विमान दुर्घटना : मानवीय क्षति भएन

yetiकाठमाडौं, ९ असोज । यती एयरलाइन्सको विमान अवतरणका क्रममा भैरहवा विमानस्थलमा दुर्घटनामा परेको छ । पांग्र्रामा समस्या आएपछि विमान रनवे छोडेर घाँसे मैदानतिर मोडिएको थियो । विमान धावनमार्गको १ सय ५० मिटर दक्षिणतर्फ पुगेको छ । डिएसपी बेलबहादुर पाण्डेका अनुसार मानवीय क्षति नभए पनि विमान क्षतिग्रस्त भएको छ । काठमाडौंबाट भैरहवा उत्रने क्रममा उक्त दुर्घटना भएको हो ।

काठमाडौंबाट भैरहवाका लागि दिउँसो ४ः१५ मा उडेको ९एन एआइडी नम्बरको विमान अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो । विमानमा २९ जना यात्रु थिए । ५ यात्रु सामान्य घाइते रहेको विमानस्थलले जनाएको छ । घाइतेको युनिभर्सल मेडिकल कलेज अफ साइन्समा उपचार भइरहेको छ । विमान दुर्घटनालगत्तै नेपाली सेना, विमानस्थलका सुरक्षाकर्मीले यात्रुको उद्धार गरेका थिए ।

प्रतिक्रिया