तेक्वान्दो कथामा ‘रिलेसन’

tekweando copyकाठमाडौं, १३ जेठ । समाजमा भएका नकारात्मक कुरालाई हटाउनका लागि तेक्वान्दो खेलले सहयोग गर्न सक्छ भन्ने कथावस्तुमा आधारित चलचित्र ‘रिलेसन’ तयार भएको छ ।

दीपेन्द्र दाहालले निर्देशन गरेको यो चलचित्रमा तेक्वान्दोका फस्ट सेभेन डन दिवाकर डन महर्जन र अमेरिकी ब्ल्याक वेस्ट कृटिना नुनासको मुख्य भूमिका रहेको दाहालले जनाएका छन् । साथमा उपेन्द्र तिमिल्सिना, महिमा सिलवाल, लक्ष्मणविक्रम बस्नेत, सुशील पोख्रेल चलचित्रका मुख्य कलाकार हुन् ।

चलचित्रमा अमेरिकाको तेक्वान्दो र नेपाली तेक्वान्दोको सम्बन्धलाई देखाउन खोजिएको छ । हलिउड र कलिउडका कलाकारको समेत मिश्रित अभिनय देख्न सकिने यो चलचित्र हलिउडका थिएटरमा पनि रिलिज हुँदै छ । बनड्ररस मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रमा दिवाकर महर्जनको लगानी छ ।

प्रतिक्रिया