मदनको स्मृतिमा श्रद्धाञ्जली

काठमाडौं, ९ जेठ । मध्यबानेश्वरस्थित रत्न पुस्तकालयले समाजसेवी मदनजंग राणाको स्मृतिमा आइतबार श्रद्धाञ्जली सभाको आयोजना ग¥यो ।

पुस्तकालयका मानार्थ सदस्यसमेत रहेका राणाले मध्यबानेश्वरमा किरियापुत्री भवनका लागि करोडौँ मूल्य पर्ने जग्गा उपलब्ध गराएका थिए । त्यस क्षेत्रका जनताको मागलाई सम्बोधन गर्ने क्रममा समाजसेवी राणाले ४ आना १ पैसा किरियापुत्री भवन निर्माणका लागि हस्तान्तरण गरेका पुस्तकालयका अध्यक्ष शशिविक्रम राणाले जानकारी दिए ।

समाजसेवी स्वर्गीय राणाले उपलब्ध गराएको जग्गामा सबै टोलवासीले चन्दा संकलन गरेर किरियापुत्री भवन निर्माण गरिएको छ । नेपाल खेलकुद परिषद्मा कार्यरत मदनको हृदयघातबाट ५४ वर्षको उमेरमा २८ वैशाखमा निधन भएको थियो । उनले प्रदान गरेको जग्गामा २ परिवार किरियापुत्री बस्न सक्नेगरी भवन निर्माण गरिएको छ ।

प्रतिक्रिया