चौतारीमा सर्वसम्मत नेतृत्व

काठमाडौं, ८ जेठ । प्रेस चौतारी नेपालको आठौँ महाधिवेशनले सबै पदहरूमा निर्विरोध निर्वाचित गरेको छ । बिहीबारबाट सुरु भएको अधिवेशनले शनिबार सर्वसम्मत कार्यसमिति चयन गरको हो । निर्वाचन समितिका प्रमुख तीर्थ कोइरालाले पदाधिकारीसहित सबै सदस्यको सर्वसम्मत चयन गरेको घोषणा गरेका छन् । यसअघि गणेश बस्नेत अध्यक्षसहित २२ सदस्य सर्वसम्मति भइसकेको थियो ।

प्रेस चौतारी नेपालको आठौँ केन्द्रीय अधिवेशनबाट अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत अध्यक्ष भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै टीका विष्ट महिला उपाध्यक्ष, सइन्द्र राई समावेशी उपाध्यक्ष त्यसैगरी भुगोलबाट क्रमश १ देखि ७ सम्म लीलाराज भट्टटराई, लालबाबु शेख, विश्वमणी सुवेदी, गणेश पाण्डे, सविन प्रियासन चौधरी, वीरवहादुर गिरी र नरेन्द्र साउद निर्विरोध भएका हुन् । यस्तै महासचिवमा राजेश राई, उपमहासचिव रामकुमार एलन, उपमहासचिव हिरामान लामा रहेका छन् । सचिवमा क्रमशः अमृतनाथ तिमिल्सिना, रामकृष्ण शर्मा, भरत केसी, शुरोजंग पाण्डे, भउचप्रसाद यादव, देविका घर्तिमगर, हेमकर्ण विक रहेका छन् ।

कोषाध्याक्षमा इन्द्र आचार्य छानिएका छन् । भने जे. पाण्डे अध्यक्ष रहेको ५ सदस्यीय अनुशासन आयोगसमेत निर्विरोध गठन भएको छ । जसमा सदस्यहरू भगवान् भण्डारी, केशव अधिकारी, नारायण पौडेल, खगेन्द्र अधिकारी रहेका छन् । भने विक्रम लुइँटेलको अध्यक्षतामा लेखा आयोग गठन भएको छ । आयोगमा नवराज बजगाई, शेरबहादुर चन्द, केसी लामिछाने, अमृत वास्कुने सदस्य रहेका छन् ।

अन्य सदस्यहरूमा माधवराज तिवारी, एकिन्द्रकुमार कुँवर, राजन दाहाल, शालिग्राम नेपाल, शरद सापकोटा, गोपाल गड्तौला, कमलराज तिमिल्सिना, चमिना भट्टराई, देवचन्द्र भट्ट, प्रदीप आचार्य

प्रकाश लम्साल, भरत खड्का, शिव ढुंगाना, श्याम कुँवर, नारायणकुमार शाह, संचिता घिमिरे, उर्मिला कुँवर, हेमराज सिलवाल, शान्ताराम विडारी, तेजप्रसाद वाग्ले, प्रकाश सिलवाल रहेका छन् । अम्बिका भण्डारी, सटेन्द्र जबेगु, नैन विश्वकर्मा, गुञ्जन राय, फणिदेव महत, दिलिप सिंह, भवानी कार्की, रामेश्वर कार्की, शिशिर सिंखडा, जमुना शर्मा वर्षा, विद्रोही गिरी, गणेश पौडेल, पार्वती पाण्डे, घनश्याम गौतम, भेषराज बस्नेत, कालीबहादुर मल्ल, त्रिभुवन बिसी गोविन्ददेव भारती, प्रतिमा परियार, मानबहादुर चौधरी, सन्तोष बराइली, रूपा गहतराज, यम राना, नुतन श्रेष्ठ, एक्सन राई, बृजलाल पासवान, शुभाषप्रसाद साह, लोग्शरी कुँवर, धर्मराज पाध्याय, नवराज भण्डारी, नर्मदेव यादव रहेका छन् ।

यता प्रेस चौतारी भक्तपुरमा भने चौतारीको यो निर्णयपछि अध्यक्षसहित सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् । शनिबार १३ सदस्यीय सिंगो कार्यसमिति, सल्लाहकार र ३२ जना सदस्यले प्रेस चौतारीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रेस चौतारी भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगार्इं)ले जानकारी दिएका छन् ।

नयाँ नेतृत्व चयनमा सर्वसम्मतिका नाममा एमाले नेताको आशीर्वाद प्राप्त व्यक्तिलाई टीका लगाइएको भन्दै बैठकले निन्दासमेत गरेको छ । लोकतान्त्रिक विधिअनुसार चुनावी मैदानमा उत्रिएर चुनावी नतिजा स्वीकार्न तयार संगठनका इमानदार नेता तथा कार्यकर्तालाई पाखा लगाउने काम भएको निष्कर्ष निकालेको बजगाईंले बताए ।

प्रतिक्रिया