लघुकथ : समवेदना

geal tare copyपत्रीका पढ्दै गर्दा झट्ट उसको आँखा ठूलो फोटो संगै लेखिएको समवेदना सन्देशमा प¥यो ।
‘यही …..साल….महिना…..गते……..अत्यन्तै मृदुभाषी श्री……’ पढ्दापढ्दै भक्कनियो ऊ ।
‘भगवान पनि कति कप्टी हुन्छन्, जो राम्रो छ उसैलाई अकालमा लान्छन् ‘ रुमालले आँखा पुछ्यो उसले ।
‘कम्ताका समाजसेवी थिएनन् उनी, जागिर खाएरै पनि समाजसेवामा उत्तिकै सक्रिय रहे !’
‘हाम्रो अफिसकै सर्वश्रेष्ठ कर्मचारी थिए मेरा साथी विचरा ।सेवाग्राहीको काम गरिदिन भनेपछि हुरुक्कै हुन्थे । ’
दलानको बेन्चीमा बसेर आफ्नो सहकर्मी मित्रको वर्णन गर्दै सुस्केरा हाल्दै गर्दा टोल छिमेकका दस(बाह्र जना जम्मा भैसकेका थिए सान्त्वनाका लागि । ‘ए काका ! यी तल पढ्नुस् त, उहाँ त टोल सुधार समितिको अध्यक्ष पो हुनु भएको रहेछ त ! हार्दिक शुभकामना हुनु पर्ने हार्दिक समवेदना भएजस्तो छ ।’ एकजना गाउँले भतिजले पढ्दै गरेको पत्रीका उनको तिर फालिदिए ।
दोहो¥याई तेहे¥याई पढेपछि अनायासै उसको मुखबाट निस्कियो ।
‘उफ्फ् च्व च्व च्व ! फेरि टोल सुधारको बजेट कति लुँड्याउने हुन् यिनले !’
२०७३ बैशाख १७
बुटवल

प्रतिक्रिया