प्रणव, सम्यक र शिभांगीलाई स्वर्ण

काठमाडौं । प्रणव मानन्धर, सम्यकभूषण वज्राचार्य र शिभांगीलक्ष्मी शाहले तेस्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटिआईमा शुक्रबार स्वर्ण जितेका छन् । प्रणव यु–९ ब्वाइज सिंगल्स, सम्यक यु–१४ ब्वाइज सिंगल्स तथा शिभांगी यु–१० गल्र्स सिंगल्समा च्याम्पियन बने ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रणवले राजवीर प्रधानलाई ४–१ र ७–६, सम्यकले छविलाल रावतलाई ६–३ र ६–१ तथा शिभांगीले आइशा डोल्कर गुरुङलाई ६–१ र ६–४ ले पराजित गरे । यु–१२ ब्वाइज सिंगल्समा दाइ अदित र भाइ आदित्य सुवेदी उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा अदितले कुवेहाङ चेम्जोङलाई ६–१ र ६–० तथा आदित्यले अकी जुवेन रावतलाई ६–४ र ७–५ को सेटमा हराए ।

जुनियर लनटेनिस खेलाडीहरूका अभिभावक मिलेर आयोजना गरेको प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा आरभसम्राट हाडाले चिराग तिमल्सिनालाई ६–१ र ६–२ तथा आदित्य सुवेदीले अकी जुवेन रावतलाई ६–३, ३–६ र १०–५ ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

यु–१२ गल्र्स सिंगल्समा रायना शाहले मन्दिरा आले मगरलाई ६–० र ६–१ ले पन्छ्याउँदै फाइनलमा स्थान पक्का गरिन् । यु–१६ गल्र्स सिंगल्सको राउन्ड रोविन लिगमा इरा रावतले अभिलाषा विष्टलाई ७–६, ३–६ र ६–३ ले हराइन् । (सौस)

प्रतिक्रिया