हावाहुरीले विद्यालयको छानो उडायो

त्रिपुराकोट । गत मंगलबार दिउँसो २ बजेतिर एक्कासि चलेको हावाहुरीले आदर्श उमावि जुफालको जस्ताको छानो उडाएको छ । ५ कोठामा पूर्णरूपमा क्षति पुगेको र बाँकी २ कोठामा आंशिक क्षति पुगेको उमाविका प्राचार्य पूर्णबहादुर डाँगीले बताए ।

कक्षा ५ देखि उमावि तहसम्मका सबै कोठा गरेर २० लाख रुपैयाँ बराबरको क्षति भएको डाँगीले बताए । २० वर्ष अगाडि निर्माण गरिएको जीर्ण भवनलाई गतवर्ष १२ वैशाखको भूकम्पले पनि थप क्षति पु¥याइदिएको हो । मंगलबारको हावाहुरीले भवनको छत पूर्णरूपमा क्षति पु¥याएकाले खाली चौरमा पढाउनुपर्ने बाध्यता आइलागेको प्राचार्य डाँगीले बताए ।

स्थानीयवासी भूपेन्द्र मल्लको २ कोठे भान्सा र पानीट्यांकीमा समेत असर गरेको विव्यस अध्यक्ष गोपालबहादुर शाहीले बताए । (सौस)

प्रतिक्रिया