उपराष्ट्रपतिबाट खेलकर्मी सम्मान प्रदान

sammanकाठमाडौं, ३ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले भौगोलिक एवं विधागत रूपमा अलगअलग क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेका छन् । त्यस्तै खेलकुद विकासमा पु¥याएको योगदानको कदर गर्दै मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, शिक्षा एवं खेलकुद विकासमा पु¥याएको योगदानवापत बाँके जिल्ला भलिबल संघका उपाध्यक्ष चिरञ्जीवी चन्दलाई सम्मान गरियो । नेपालगञ्जमा ३ वर्षदेखि नियमित आयोजना हुँदै आएको नेपाली भलिबलको स्तरका हिसाबले नम्बर १ प्रतियोगिताका रूपमा स्थापित प्रधानमन्त्री कप महिला भलिबलको आयोजक बाँके जिल्ला भलिबल संघलाई हालै सम्पन्न नेपाल भलिबल संघको सातौँ साधारणसभा एवं केन्द्रीय निर्वाचनका अवसरमा उत्कृष्ट जिल्लाका रूपमा प्रशंसापत्र प्रदान गरिएको थियो ।

मोफसलमा खेलकुदलगायत विधाको उत्थानमा कलम चलाएवापत नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरेलाई सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, तेक्वान्दो खेलाडी नन्दा बस्याल, भलिबलका पूर्वखेलाडी वीरेन्द्र खड्का र खेलसेवी एवं कृषि व्यवसायी मोहन थापा (चितवन)लाई सम्मान गरिएको थियो । राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले पूर्वमन्त्री लालबाबु पण्डित, आपूर्ति मन्त्री गणेशमान पुन र खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहलाई शिखर विशिष्ट अभिनन्दन गरे ।

सो अवसरमा उद्योगी समाजसेवी क्या. लालबहादुर थापा, रंग पत्रकार विदुर गिरी र सुव्रत आचार्य, नेपाल प्रहरीका बरीष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललगायत खेलकुद, शिक्षा, स्वास्थ्य, निजामती सेवा, कृषि, सञ्चार, कला तथा समाजसेवाका क्षेत्रमा विशेष योगदान पु¥याउने देशका विभिन्न जिल्लाबाट चयन गरी सम्मान गरिएको आयोजक शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए ।

सम्मान कार्यक्रममा उपराष्ट्रपति पुनले आगामी दिनलाई सुन्दर, शान्त र सम्बृद्घ नेपाल बनाउन नयां संविधानलाई पूर्णरूपमा कार्यान्वयनमा केन्द्रित हुन आग्रह गरे । उपराष्ट्रपति पुनले ‘अग्रगामी रूपान्तरणका लागि नयाँ संविधान, मुलकको विकास र सम्बृद्घिका लागि शिखर सम्मान’ नाराका साथ आयोजना भएको शिखर सम्मान समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस नारालाई मूर्तरूप दिनको लागि खेलाडी, व्यवसायी, समाजसेवी, युवाहरू, पत्रकार तथा संम्पूर्ण पेसागत व्यक्तिहरूले आआप्mनो तर्फबाट एउटा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरे ।

प्रतिक्रिया