इलाम । करुणा फाउन्डेसन नेपालको सहयोगमा इलामको बरबोटेस्थित अमर उच्च माविमा बौद्धिक अपांग स्रोत कक्षाको भवन निर्माण सम्पन्न भएको छ । करुणाको ६ लाख आर्थिक सहयोग र विद्यालयको करिब १ लाख ५० हजार गरी ७ लाख ५० हजार रुपैयाँको लागतमा १ तले १ कोठे भवन निर्माण गरिएको हो ।
भवन निर्माणले बौद्धिक अपांगता भएका बालबालिकालाई पठनपाठन गर्न अझ सहज हुने स्रोत कक्षाका शिक्षक दीनमणि भट्टराईले बताए । यस्तै करुणाले भूकम्पबाट क्षतिग्रस्त माईपोखरी र श्रीअन्तुस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवन मर्मतका लागि २५ लाख रुपैयाँसमेत दिएको जनाएको छ । (सौस)
प्रतिक्रिया