२ वर्षपछि बन्यो वनसाँघु माविको भवन

मोरोङ, २ जेठ । विराटनगरको मैनाली पुस्तक पसलका सञ्चालक गंगाधर मैनाली यतिखेर साहित्यिक पुस्तक पढ्ने पाठक बढेको देखेर छक्क परेका छन् । उनले ५ वर्षअघिसम्म मुस्किलले महिनामा ४–५ वटा साहित्यिक पुस्तक बिक्री गर्ने गरेकोमा अहिले साहित्यक पुस्तकको माग बढेकोमा छक्क परेका हुन् ।

पुस्तक पसल सञ्चालक मैनालीले २ वर्षयता पुस्तक पढ्ने पाठकको बानीको विकास भएको देखेर उत्साहित भएका छन् । पूर्वका बहुसंख्यक जिल्लामा मैनाली पुस्तक भण्डारले नै पुस्तक तथा पत्रिका पठाउँदै आएको निकै वर्ष भयो । पुस्तक पढ्ने बानीको विकासले व्यवसायी र लेखक दुवैलाई फाइदा पुगेको विराटनगरका अर्का पुस्तक पसल सञ्चालक माधव अधिकारीको भनाइ छ । उनका अनुसार सबैजसो प्रकाशनगृहका पुस्तक राजधानीमा प्रकाशित भएको हप्ता दिनमै मोरङ आइपुग्ने गरेका छन् ।

त्यसैले पाठकले खोजेको पुस्तक उपलब्ध गराउन गाह्रो नभएको पुस्तक व्यवसायीहरूको भनाइ छ । जीवनी, आत्मकथा, उपन्यास, विदेशी लेखकका नेपाली अनुवाद गरेका पुस्तक बढी बिक्री हुने गरेको पुस्क व्यवसायी अधिकारीको भनाइ छ । पछिल्लो समय प्रकाशित हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’, ब्रजेश खनालको ‘जुनेली’, अमर न्यौपानेको ‘करोडौँ कस्तुरी’, छत्रमान गुरुङको ‘जनताको छोरो’, बुद्धिसागरको ‘फिरफिरे’, ‘मिस्टिका’, ‘राधा’, रुक्मांगत कटवालको पुस्तक, विनोद चौधरीको आत्मकथा, बढी पुस्तक बिक्री हुने गरेका छन् । बिपी कोइराला र कृष्ण धरावासीका सबै कृति धेरै बिक्री हुने गरेको पुस्तक व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया