अब सुनकोसीमा पनि ¥याफ्टिङ

raftingसिन्धुली, २ जेठ । सिन्धुली जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई जिल्लालाई पर्यटकीय जिल्ला बनाउन सिन्धुलीको सुनकोसीमा पहिलोपटक व्यावसायिक रूपमा जलयात्रा(¥याफ्टिङ) सुरु भएको छ । एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले सुनकोसीमा ¥याफ्टिङ गरेको हो ।

सुनकोसी नदीमा ¥याफ्टिङ सञ्चालनपछि जिल्लाका धार्मिक तथा ऐतिहासिक सम्पदा भएका क्षेत्रमा पनि पर्यटक भित्र्याउन सकिने सम्भावना बढेको छ । बिपी राजमार्ग नजिकै रहनुले पनि ¥याफ्टिङ व्यवसाय राम्रोसँग चल्ने आँकलन गरिएको छ ।

सुनकोसीमा ¥याफ्टिङ सञ्चालन गर्न पर्यटन विभागले सहयोग गरेको विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले बताए । हरेक प्रदेशमा पर्यटकीय क्षेत्रको विकास गर्ने नीतिअनुरूप सिन्धुलीको सुनकोसीमा ¥याफ्टिङ सञ्चालन भएको बताउँदै ढकालले सिन्धुली जिल्लाको भविष्य निर्माणको आधार नै सुनकोसीमा ¥याफ्टिङ हुने धारणा राखेका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई खान, बस्न र सहयोग गर्न स्थानीयवासीको महत्वपूर्ण भूमिका हुने भएकाले सुनकोसी ¥याफ्टिक स्थलमा वासस्थानको उचित प्रबन्ध हुनुपर्ने देखिन्छ । सिन्धुलीको सुनकोसीमा ¥याफ्टिङ यात्रा जोखिम नरहेको र सरल र सहजै तवरले ¥याफ्टिङ गर्न सकिने भएकाले खुर्कोटदेखि बासेश्वरको बलिनीसम्म झन्डै २ घन्टा ¥याफ्टिङ गर्न सकिने पर्यटन बोर्डका सदस्य घनेन्द्र श्रेष्ठले बताए ।

सुनकोसीमा ¥याफ्टिङ सञ्चालनपछि ऐेतिहासिकस्थल सिन्धुली गढी, हरहिरपुर गढी, मधुगंगा महादेव मन्दिर, कमलामाई मन्दिर, सिद्धबाबा मन्दिरलगायत अन्य स्थलमा पर्यटकीय क्षेत्रका रूपमा विकाससँगै पर्यटक भित्र्याई जिल्लालाई विश्वसामु चिनाउन एउटा इँटा थप्ने उनको भनाइ छ । पूर्व प्रधानमन्त्री तथा एमालेका नेता माधवकुमार नेपालले उद्घाटन गरेको ¥याफ्टिङमा पहिलो दिन शुक्रबार ३ सय २० जनाको सहभागिता रहेको र ३२ वटा डुंगा प्रयोग गरिएको आयोजकले बताएको छ । ¥याफ्टिङ सञ्चालनका लागि सरकारी तथा गैरसरकारी निकायले स्थानीयस्तरबाटै बेलैमा पहल गरेमा सिन्धुलीको सुन्दरता मानिएका बिपी राजमार्ग, सुनकोसी नदीसँगै ऐतिहासिक स्थल र धार्मिकस्थलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने देखिन्छ ।

प्रतिक्रिया