हिसानमा सिलवाल

काठमाडौं । उच्च माध्यमिक विद्यालय संघ (हिसान) को ७ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा रमेश सिलवाल निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सिलवालले संघीय मुलुकको नयाँ शिक्षा नीतिका सन्दर्भमा विचारविमर्श गराउने र शिक्षक विद्यार्थीका बीचमा प्राज्ञिक कार्य गराउने बताए । यसैगरी वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा, उपाध्यक्षमा स्वागत श्रेष्ठ, विनोद साह, धरणीधर अधिकारी, मनिष सिंह र शेरबहादुर गुरुङ तथा महासचिवमा लोकबहादुर भण्डारी र कोषाध्यक्षमा तीर्थ पोखरेल तथा निर्वाचित भएका छन् ।

६ सचिवमा रामहरि सिलवाल, कपिल रेग्मी, हरि लामिछाने, दीपेन्द्र भण्डारी, राजेन्द्र अधिकारी, दीपक खनाल निर्वाचित भएका छन् । अहिले ४७ सदस्यीय कार्यसमितिमा अहिले ३० जनामात्र चयन गरिएको छ । महाधिवेशनमा ४ सय ९५ प्रतिनिधि सहभागी रहेका थिए । हिसानमा ७ सय निजी उच्चमाध्यमिक विद्यालय आबद्ध रहेका छन् । (सौस)

प्रतिक्रिया