माला बनिन् ‘नक्कली नानी’

nakkali malaकाठमाडौं, ३० वैशाख । चलचित्र क्षेत्रमा आए पनि मोडल तथा कलाकार माला लिम्बूका लागि आशातित सफलता मिलेको छैन । ‘वेन वे’को असफलताले खुम्चिएको उनको करिअर माथि आउन त्यती सजिलो छैन । अभिनयमा देखिएको कमजोरीले पनि उनलाई लिन चाहेर पनि धेरै निर्माताले मन खुम्च्याएको पाइन्छ ।

सायद, यसैले पनि होला उनले आफ्नो यात्रालाई म्युजिक भिडियोतर्फ मोडेकी छिन् । उनी त भिडियोमा छोटा पहिरन, हट शैलीले पनि चर्चामा छिन् । उनै मोडललाई गायक राजेश लामाको ‘नक्कली नानी’ बोलको गीतमा फिचरिङ गरिएको छ ।
निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा मोडल लिम्बू, गायक लामाको साथमा बी–बोइङ समूहलाई पनि देख्न सकिन्छ । अमृत सुनवारले छायांकन गरेको भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया