अनुदान पाउनेको नाम सच्चाऊ : नियोक

काठमाडौं, ३० वैशाख । भूकम्पपछिको पुनर्निर्माण अनुदान पाउनेको नामावली यथाशीघ्र सच्चाउन राष्ट्रिय निर्वाचन पर्यवेशक्षण समिति (नियोक) ले सरकारलाई सुझाव दिएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा नियोकका महासचिव डा. गोपालकृष्ण शिवाकोटीले वास्तविक पीडितको नाम नछुटाउन र नगण्य मात्रामा क्षति भएकालाई पहँुचका आधारमा समावेश नगर्न आग्रह गरे । नियोकका उपाध्यक्ष कपिल श्रेष्ठले हाल ३ किस्तामा दिइने २ लाखको अनुदानको अवधारणा प्रभावकारी नदेखिएकाले सकेसम्म एकैपटक दिनुपर्ने माग गर्दै भने, ‘रकम लिनका लागि सरकारी बैंकका शाखा नभएका गाविसमा निजी बैंकसँग मिलेर पनि प्राधिकरणले काम गर्नुपर्छ, कुनै पनि बैंक नभएको अवस्थामा घुम्ती बैंक थालनी गरी काम अगाडि बढाउनु आवश्यक छ ।’

नियोकले सरकारको नीति तथा योजनाबारे जनतालाई सूचना पु¥याउने कार्य व्यवस्थित गर्नुपर्ने र यसमा अरु सरकारी तथा गैरसरकारी निकायको समन्वयनमा गाविस, वडा कार्यालयमा ‘हेल्प डेक्स’ राख्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।

‘सबैका लागि न्याय’का कार्यक्रम अधिकृत विष्णु बस्यालले एकल महिला, अविवाहित, दलित, अपांगता भएका व्यक्ति र आर्थिक रूपमा कमजोर भएका परिवारलाई लालपुर्जा प्राप्तिका लागि सहजीकरण र सरकारी दस्तुरका साथै अन्य प्रक्रियागत खर्चमा विशेष छुट गरी प्राथमिकताका साथ काम अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया