श्यामप्रसादको नागरिक अभिनन्दन

k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ sf7df8f}Fdf cfof]lht ;flxTosf/ Zofdk|;fb zdf{sf] /fli6«o clegGbg ;df/f]xnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, २९ वैशाख ।
‘संसारमा शान्तिजस्तो
ठूलो अरू के छ ?
केटाकेटीहरूजस्ता
शुद्ध अरू को छन् ?’

सामान्य तर बुझ्दा गम्भीर सन्देशयुक्त साहित्य सिर्जनामा छ दशक लामो पसिना सिञ्चेका श्यामप्रसाद शर्माका विचारबाट प्रभावितहरू उनलाई चेतनाको पुञ्ज मान्दछन् । उनकै विचारबाट राजनीतिक चेतना र लेखनीका क्षेत्रमा अघि बढेका अनुजहरू हाल सक्रिय छन् ।

नेपालको राजनीतिक, साहित्य र सांस्कृतिक क्षेत्रमा प्रगतिशीलता र प्रगतिवादबारे आधुनिककालमा लेखनीबाट जनस्तरमा फिँजाउने श्रेय पाएका वरिष्ठ साहित्यकार श्यामप्रसादबाट आफू प्रभावित भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । बुधबार नागरिक अभिनन्दनपछि उनले श्यामप्रसाद मुर्धन्य स्रष्टा भएको र परिवर्तनकारी, अग्रगामी र नयाँ जागरणका सन्देश दिन सफल व्यक्तिप्रति सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे ।

राणा शासनको विरोध र प्रजातन्त्रको बिगुल फुक्नुपर्ने समयमा प्रगतिशील र प्रगतिवादको पक्षमा लाग्नु चुनौतीको विषय थियो, जुन काम श्यामप्रसादले जीवनको पर्वाह नगरी गरेका थिए । श्यामप्रसाद नै संस्थापक अध्यक्ष रहेको ००९ सालमा स्थापित प्रगतिशील लेखक संघ यद्यपि क्रियाशील छ ।

पछि ०५० सालमा पुनःअध्यक्ष भई उनले संस्थालाई वामपन्थी लेखक कलाकारको साझा संस्थाको मोर्चाका रूपमा उभ्याउन योगदान दिए । कम्युनिष्ट आन्दोलनमा गुट उपगुट र विभाजनको रेखा कोरिदा जनताले दुःख पाउने भावनासहितले उनले त्यो संस्थाको निरन्तरताको केन्द्रविन्दुमा आफूलाई टेकाएको देखिन्छ ।

मकवानपुर जिल्लाको हालकोे मन्थली गाविसमा पर्ने सोलीथुम गाउँको निम्न वर्गीय परिवारमा १९८६ साल ६ असारमा जन्मेका श्यामप्रसाद जातीयताबाट माथि उठ्दै शर्माको थरलाई त्यति प्रचलनमा ल्याउन चाहेनन् । त्यही भएर होला समालोचक गोविन्द भट्टले श्यामप्रसादलाई ‘नेपाली प्रगतिवादका सिद्धपुरुष’को संज्ञा दिएका छन् । श्यामप्रसादमाथि विद्यावारिधी गर्ने प्रा धर्मराज अधिकारीले ‘नेपाली प्रगतिशील साहित्यका धरोहर’ मानेका छन् ।

तीनै वरिष्ठ साहित्यकार श्यामप्रसादलाई पहिलो पटक बुधबार नागरिक अभिनन्दन गरिदा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालय (ठूलो हल) भरिभराउ बन्यो ।

‘श्यामप्रसाद राष्ट्रिय अभिनन्दन मूल समिति’ को आयोजनामा गरिएको सो राष्ट्रिय अभिनन्दनमा समितिका साथै विभिन्न ७४ संस्थाले अभिनन्दनपत्र प्रदान गरेका थिए । प्रगतिशील लेखक संघ, नेपाली लेखक संघ, मदन भण्डारी कला साहित्य फाउन्डेसन, साहित्य सन्ध्या, राष्ट्रिय जनसांस्कृतिक महासंघ, एकीकृत अखिल नेपाल जनसांस्कृति महासं्घ, रमेश विकल साहित्य प्रतिष्ठान, नागार्जुन साहित्यिक प्रतिष्ठानलगातले उनलाई सम्मान अर्पण गरेका थिए ।

समितिका संयोजक राम विनय संयोजकले ‘भन साथी तिमी कता ?’ शीर्षकको श्यामप्रसादको कविता संग्रसहित कार्यक्रम थालनी गरेपछि प्रधानमन्त्री ओलीले त्यो कविता अहिलेको सन्दर्भमा पनि उत्तिकै उपयोगी भएको टिप्पणी गरेका थिए । समितिका सहसंयोजक डा हेमनाथ पौडेल, प्रकाशन समितिका संयोजक प्रा जगत उपाध्याय ‘प्रक्षित’ सदस्य सचिव डा देवी नेपाललगायतले श्यामप्रसादको व्यक्तित्व बारे चर्चा गरेका थिए भने अभिनन्दित व्यक्तित्वको परिचय पुस्तिका सार्वजनिक गरिएको थियो ।

राष्ट्रिय अभिनन्दन मूल समितिको सल्लाहकार प्रज्ञा प्रतिष्ठानका कूलपति गं्गाप्रसाद उप्रेती, चिन्तक डा मोदनाथ प्रश्रित, निनु चापागाइँ, प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरी, राष्ट्रिय जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई, प्राज्ञ मातृका पोखरेल तथा पुराना वाम नेता मोहनचन्द्र अधिकारी, भरतमोहन अधिकारीलगायतको पनि कार्यक्रममा सहभागिता थियो ।

श्यामप्रसादका निबन्ध, दैनिकी, गीत, कविता, बाल साहित्य तथा धर्म, अर्थ, अनुवाद आदि गरी करिब १ सय ५० कृति प्रकाशित छन् । ‘लेखक कसरी बन्ने ?’ ‘त’, ‘तिमी’, ‘तपाइँ’, ‘हजुर’ निबन्ध संग्रह, ‘बहिनीलाई चिट्ठी’, ‘थुनुवाको डायरी’, ‘मेरी आमा’ जस्ता उनका कृति प्रसिद्ध छन् । स्रष्टा श्यामप्रसादमाथि प्रा धर्मराज अधिकारीले विद्यावारिधि तथा डिल्ली पाण्डेलगायतले शोध पुस्तक प्रकाशन गरिसकेका छन् भने प्राज्ञ नरनाथ लुइँटेलले विशेष अध्ययन अनुसन्धान जारी राखेका छन् ।

प्रतिक्रिया