आरम्भको प्रथम साधारणसभा सम्पन्न

kavre copyकाभ्रे, २६ वैशाख । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रथम साधारणसभा काभ्रेमा सम्पन्न भएको छ । शनिबार मेलम्चीमा दीपक तिवारीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

१० जिल्लामा कार्यक्षेत्र बनाउँदै आएको संस्थाले सभामा ०७१÷ ७२ को आर्थिक प्रगति प्रतिवेदन र आगामी लक्षको विषयमा छलफल भएको थियो । संस्थाले ५ करोड बराबरको अधिकृत पुँजीबाट कारोबार सञ्चालन गरेको कार्यक्रममा जानकारी दिइएको छ । जारी पुँजी २ करोड, र चुक्ता पुँजी १ करोड २ लाख रहेको बताइएको छ ।

उक्त संस्थाबाट करिब १३ सय घरधुरीलाई वित्तीय क्षेत्रमा लाभान्वित भइरहेको बताइएको छ । ३ करोड बराबरको कर्जा लगानीमा रहेको संस्थामा वचत तथा कोष १२ लाख बराबरको रहेको तिवारीले बताए । संस्थाको पहिलो साधारणसभाले सञ्चालक समितिमा पारग खड्का, सागरदेव भट्ट, सन्तोष पोखरेललाइ सर्वसम्मत चयन गरेको छ ।

प्रतिक्रिया