मिकाले तिरे २० हजार

mika copyमुम्बई । आफ्नै कार्यक्रममा आएका दर्शकलाई कुटेको अभियोग लागेका बलिउड गायक मिका सिंहलाई अदालतले २० हजार रुपियाँ जरिवाना तिराएको छ । मिकाले ट्विट गर्दै भनेका छन् ‘मलाई जमानत तिराउने अदालतप्रति म आभारी छु म कानुनको पालना गर्ने नागरिक हुँ ।’

भारतको इन्द्रपुरमा सन् २०१५ मा भएको म्युजिक कन्सर्टमा मिका सिंहले एक दर्शकलाई थप्पड हानेका थिए । उनले थप्पड हानेपछि उक्त घटनालाई लिएर एक डाक्टरले मिकाको बिरुद्धमा उजुरी गरेका थिए । उजुरीमा मिका सिंहले जानी–जानी दर्शकलाई चोट पु¥याएको दावी गरिएको थियो । तर, मिकाले आ फूले थप्पड हानेको अस्वीकार गर्दै आएका थिए । अदालतमा हर्जाना तिरेपछि मिकाले दर्शकलाई थप्पड मारेको पुष्टि भएको छ । (एजेन्सी)

प्रतिक्रिया