सरकार परिवर्तन सान्दर्भिक : कोइराला

काभ्रे, २५ वैशाख । वर्तमान आन्दोलनलाई सरकारले भारतीय शक्तिले चलाएको भन्ने आँखाले हेर्न गलत भएको कांग्रेस नेता शेखर कोइरालाले बताएका छन् । उनले यहाँ आयोजित एक कार्यक्रममा बोल्दै संविधान कार्यान्वयन अहिलेको चुनौती भएकाले सरकारले त्यसका लागि मधेश, आदिवासी जनजाति आदीको माग सम्बोधन गर्नुपर्ने पनि बताए ।

सरकारले मधेशको समस्यालाई भारतको आ“खाबाट हेर्ने प्रवृत्ती गलत भएको भन्दै उनले त्यसले देशलाई नै अप्ठ्यारो पार्ने दाबी गरेका छन् । मधेशको समस्या समाधान गर्न सरकार उदासीन रहेको आरोप लगाउ“दै उनले कांग्रेसको नेतृत्वमा मात्रै समाधान हुने जिकिरसमेत गरे । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले तेस्रो दल एकीकृत नेकपा माओवादीको सहयोगमा प्रतिपक्षी दलले गरेको सरकार परिवर्तनको प्रयास जायज भएको दाबीसमेत गरेका छन् । उनले वर्तमान परिस्थितीमा सरकार परिवर्तन सान्दर्भिक भएको बताएका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भइसकेको आरोप लगाउँदै लोकतन्त्रमा एक शसक्त प्रतिपक्षको आवश्यकता पर्ने भएकाले राष्ट्रिय सहमति सम्भव नभएको बिचार राखेका थिए । उनले नेपाल सरकारको तर्फबाट भएको भारतीय राजदूत फिर्ता सम्बन्धमा बोल्दै यसले सरकारको ‘हैसियत’ प्रष्ट भएको बताए ।

प्रतिक्रिया