प्रहरी र विद्यार्थीबीच अन्तक्रिया

kavre copyकाभ्रे, २४ वैशाख । काभ्रे प्रहरीले अपराध न्यूनीकरण गर्ने योजनाको साथ विभिन्न विद्यालयमा गएर विद्यार्थीसँग अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीसँग प्रत्यक्ष भेटघाटगरी अन्तत्र्रिmयात्मक कार्यक्रमको आयोजना गरेको हो । बिहीबार जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईहरूसमेत नजिकको विद्यालयहरूमा गई शान्ति सुरक्षासम्बन्धी अन्तत्र्रिmया गरेको प्रहरीले जनाएको छ ।

काभ्रे प्रहरी प्रमुख डिएसपी नविनराज राई र प्रनानि सीता श्रेष्ठसमेतको टोलीले धुलिखेल–२ स्थित नमुना सञ्जीवनी उच्च माध्यमिक विद्यालयमा ९ र १० का विद्यार्थीलाई ‘प्रहरी मेरो साथी सबैको आवश्यकता शान्ति र सुरक्षा’ भन्ने विषयमा छलफल गरेको जनाइएको छ । छलफलका क्रममा विद्युतीय अपराध, मानव अधिकार, बाल अधिकार, महिला, लैंगिक हिंसा, यौन दुव्र्यवहारजस्ता विषयमा छलफल भएको हो ।

यस्तै बनेपाबाट प्रहरी निरीक्षकको टोलीले बनेपास्थित बालबाटिका उमाविका १ सय २० जना विद्यार्थीलाई घरेलु हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । मंगलटारबाट प्रहरी निरीक्षकको टोलीले कटुन्जे गाविसको रोशी उमावि कटुन्जेमा १ सय ८० जना विद्यार्थीहरूलाई महिला हिंसा र ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको बताएको छ । यस्तै कात्तिके देउरालीबाट प्रनानिसहितको टोलीले कात्तिके देउराली–२ मा रहेको प्रभा उमाविमा कक्षा १२ कक्षासम्म अध्ययनरत १ सय ७५ जना छात्रछात्राहरूलाई ट्राफिक नियम, घरेलु हिंसा र महिला तथा बालबालिकाविरूद्ध हुन हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको बताएको छ । पनौतीमा ट्राफिकसहित ३ जनाको टोलीले पनौती नपा १० स्थित ज्ञानज्योति इंग्लिस बोर्डिङ स्कुलमा १ सय ५० जना विद्यार्थीलाई महिला हिंसा र ट्राफिक जनचेतनामूलक कार्यक्रमबारे जानकारी दिएको जनाइएको छ ।

जिल्लाको पाँचखाल–३ स्थित दुधेश्वर माविमा ८० जना विद्यार्थीको उपस्थितिमा महिला हिंसासम्बन्धी जनचेतनामूलक सचेतना गराएको छ ।, देउपुरबाट प्रसनिको टोलीले गैरीविसोना देउपुर–३ स्थित महादेव प्राविका ६० जना विद्यार्थीलाई महिला हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ भने भकुन्डेको टोलीले काशीखण्ड–४ स्थित श्रीराम मावि चरुवा सगुन विद्या मन्दिर भकुन्डेसमेत गरी २ सय ५० जनालाई महिला हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

प्रतिक्रिया