माक्र्सवादको सरल परिचय

माक्र्सका क्रान्तिकारी दर्शन, विचार, सिद्धान्त र नीतिलाई समग्ररूपमा माक्र्सवाद भनिन्छ । माक्र्स विश्व सर्वहारा वर्गका मुक्तिका मार्गदर्शक र समग्रमा मानवमुक्तिको दिशानिर्देश गर्ने जर्मन दार्शनिक तथा क्रान्तिकारी थिए । उनको जन्म ५ मे १८१८ मा र देहावसान १४ मार्च १८८३ मा भएको थियो । उनका विचार र व्यक्तित्वले विश्व कम्युनिस्ट आन्दोलन र सबै किसिमका असमानता, शोषण र अन्यायबाट मानिसलाई मुक्त तुल्याउने एउटा नवीन, सशक्त वैज्ञानिक आधार प्रदान गरेको र अतुलनीय योगदान पु¥याइरहेको छ र पु¥याइरहनेछ ।

हुन पनि कार्ल माक्र्स एउटा किताबी खालको दार्शनिक बिल्कुलै थिएनन् । उनी अरू दार्शनिकजस्तो संसार यस्तो छ उस्तो छ भनेर ब्याख्या गर्ने व्यक्तित्व मात्र दिएनन् । उनको मूख्य धेय त त्यस्तो संसारलाई फेर्न थियो । त्यसैल आपूmले अघि सारेको विचार स्वयं उनले आफ्नो जीवनमा उतारेका थिए । आफ्नो समयका मजदुर आन्दोलनहरू तथा क्रान्तिकारी आन्दोलनहरूसँग उनी निकट किसिमले संलग्न भएर जोडिएका थिए । यसैले शासक वर्गलाई चुनौति दिने उनका विचार अत्यन्तै प्रभावकारी र ‘खतरनाक’ मानिएका थिए जसले गर्दा उनलाई कयौँ देशले आआफ्नो देशबाट निकाला गरिदिएका मात्र थिएनन् उनका विचार र लेखहरूमाथि प्रतिबन्धसमेत लगाएका थिए । उनले अत्यन्तै गरिबीमा आफ्नो जीवन गुजारा गर्नुपरेको थियो । त्यसैले माक्र्सकी आमाले एकपटक के भनेकी थिइन् भने ‘यस्तो कहिले भएको थिएन कि जुन मानिसले पुँजीका बारेमा यत्तिका धेरै लेख्यो, उही नै पुँजीबाट लाभ उठाउन सबैभन्दा पछि परेको होस्’ । माक्र्सकी धर्मपत्नी जेनी माक्र्सबाट सातजना बाल बच्चा जन्मिएका थिए । तीमध्ये तीनजना मात्र वयस्क उमेरसम्म जिउँदो रहे । अत्यधिक अभावमा जीवन गुजारा गर्ने माक्र्सका कतिपय बच्चाहरू सानै उमेरमा परमधाम भए । किनकि, ती बिरामी परेका बखत तिनको उचित औषधि उपचार गर्न र डाक्टरलाई फिस तिर्नसम्म पनि माक्र्ससँग पैसा भएन । उनका मित्र तथा कमरेड फेडरिक एंगेल्सले उनलाई हरेक किसिमले सहयोग गरे । वास्तवमा एंगेल्स माक्र्सको जीवन र लेखन दुबैका अभिन्न सहयात्री र अनन्य मित्र थिए ।

माक्र्सले आजभन्दा झन्डै १ सय ७० वर्षजति अघि जे लेखेका थिए आज २१औँ शताब्दीको विश्वमा र खासगरी नेपालमा त्यो कत्तिको सार्थक र सान्दर्भिक छ । कतिपय मानिसहरूले के घोषणा गरिसकेका छन् भने माक्र्सवाद अब पुरानो जमानाको कुरा भइसक्यो, अब त्यसको आवश्यकता छैन, त्यो पराजित भइसक्यो । तर, हामीले के पनि देखिरहेका छौँ भने जति जति पुँजीवादी संकट गहिरिँदै गइरहेको छ ठूला पुँजीवादी देशहरूमा मानिस सडक संघर्षमा पुनः उत्रिन थालेका छन्, संघर्षमा अघि सरिरहेका छन् र माक्र्सले लेखेका कुराहरू जान्न अझ बढी उत्सुक बनिरहेका छन् । त्यसैले यो कुरा हाम्रो आजको विश्व, हाम्रो समाज र हुँदै आएको यसको विकासको संघर्षलाई बुभ्mन र आत्मसात गर्नका लागि अत्यन्तै सहायकसिद्ध र उपयोगी छ ।

आजको हाम्रो समाज

जब हामी हाम्रो वरिपरिको समाजमा आँखा लगाउँदछाँै त्यतिबेला हामी असमानता र शोषण देखिन्छ ः सम्पन्न र विपन्नबीच, पुरुष र स्त्रीबीच, माथिल्ला र तल्ला जातिबीच, गाउँ र सहरबीच । यस्तो समाजमा मानिसले जिउँदो रहनैका लागि पनि कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । बाँच्नकै लागि संघर्ष गर्नुपर्ने हुन्छ ।

तर, प्रायः के भनिने गरिँदै आएको छ भने गरिब÷धनी, महिला÷पुरुष, माथिल्लो÷तल्लो जाति, गाउँ र सहरबीच असमानता हुनु ‘स्वाभाविक र इश्वरले बनाएको’ कुरा हो । जब हामीले यो प्रश्न गर्दछौँ कि जुन मानिसले काम गर्दैनन् उनीहरूसँग अथाह सम्पत्ति छ तर जो मानिस सबैभन्दा कठिन काम गर्दछन् ती सबैभन्दा गरिब छन् किन ? यसको उत्तर के दिइन्छ भने ‘यो भगवानको मर्जी’ हो अर्थात् काम नगर्नेहरू बढी कुशल छन् या उनीहरूले बढी मिहिनेत गर्ने गर्दछन् या प्रकृतिको नियम नै यस्तै हो कि केही मानिस कमजोर हुन्छन् भने केही बलवान हुन्छन् । यसरी नै जब हामी प्रश्न गर्दछौँ कि हाम्रो समाजमा महिलाहरू पुरुषको अधिन किन छन् त्यसको उत्तरमा के भनिन्छ भने महिला प्राकृतिक रूपले नै कमजोर छन् या उनीहरूको काम बालबच्चाको हेरचाह गर्नु या घरेलु काम आदि गर्नु नै हो र यो प्राकृतिक कुरा हो ।

तर, माक्र्सवादले हामीलाई के बताउँदछ भने यो समाज ‘प्राकृतिक’ या ‘शाश्वत’ र ‘अपरिवर्तनीय’ छैन । सधैँ समाज यस्तै रहँदै आएको पनि छैन र सधैँ यस्तो रहने पनि छैन । समाज र सामाजिक सम्बन्धहरू मानिसले बनाएका हुन् र ती बदलिन र परिवर्तन हुन सक्तछन् र हुन्छन् । यस्ता सामाजिक सम्बन्धहरू र समाजलाई कसरी बदल्ने । भिन्नै र सुन्दर समाज कसरी बनाउने । कतिपयले भन्ने गर्दछन् कि यदि व्यक्ति कम भ्रष्ट भयो, कम दुष्ट हुने निर्णय लियो भने समाजमा सुधार आउन सक्तछ । तर, माक्र्सवादले के प्रष्ट भन्दछ भने यस्तो व्यक्तिगत प्रयत्न सामाजिक सम्बन्ध र समाजमा परिवर्तन ल्याउन पर्याप्त हुँदैन । पूरै सामाजिक सम्बन्धहरू र संरचनाहरू नै बदलिनु पर्दछ । त्यसो भए कसरी बदलिन्छ त समाज ।

यस प्रश्नको सही उत्तर खोज्न पहिलो कदमको रूपमा हामीले समाज र सामाजिक सम्बन्धहरूको प्रकृतिलाई ठीक ठीकसँग बुभ्mनु पर्दछ । हामीले पूँजीपति र मजदुर, पुरुष र महिलाका परस्पर सम्बन्धहरूलाई राम्रोसँग केलाउनु, विश्लेषण गर्न र त्यसबाट सही शिक्षा लिन सिक्नु पर्दछ । यी प्रश्नहरूमा सतहीरूपमा ठीक र स्पष्ट जस्तो लाग्ने कुराहरूमाथि प्रश्न उठाउनु पर्दछ । हाम्रो समाजले अहिलेसम्म हामीलाई जे सिकाएको छ त्यसलाई सतहमा देखिने वास्तविकताभन्दा गहिराइमा गएर बुझनु पर्दछ । यस्ता सबै सम्बन्धका बिषयमा अहिलेसम्म जे जे सिकाइएको छ ती सबैलाई गहिराईपूर्वक अध्ययन गरेर वास्तविकताको खुलासा गर्नुपर्दछ । बस्तुनिष्ठ सत्य जे हो त्यसलाई अंगीकार गर्नुपर्दछ ।

पहिला हामी पुँजीपति र मजदुरका बारेमा चर्चा गरौँ । कुनै एउटा पुँजीपति असल या खरा, मजदुरी बढी पाइन्छ कि कम यी कुराभन्दा भिन्न पुँजीपति र मजदुरबीचको सम्बन्ध वास्तवमा कस्तो हुन्छ त्यसबारे बिचार गरौँ । वास्तवमा यो सम्बन्धको सही प्रकृतिलाई बुझन अली मुस्किल पनि हुन सक्तछ । किनभने, सतहीरूपमा मजदुर र पुँजीपति दुबै पुँजीवादी समाजमा बराबरी जस्तै देखिन्छन् । हामी विचार गरौँ कि सामन्ती समाजमा सबैलाई थाहा भएकै कुरा हो राजा र उनका रजौटाहरूका हातमा सारा शक्ति रहेको हुन्छ । किसान र कालिगढहरूलाई राम्रोसँग थाहा थियो कि उनीहरू पराधीन छन् । दास समाजमा पनि दासहरूले राम्रोसँग जान्दथे कि दास÷मालीहरू नै उनीहरूका स्वामी हुन् । तर, आजको आधुनिक पुँजीवादी समाजमा कानुनको नजरमा सबै अधिकार समान हुन्छन् । सबैलाई मतदानको अधिकार हुन्छ । मजदुर कुनै एउटा मालिककोमा मात्र काम गर्न बाध्य हुँदैन । मजदुरलाई कुनै पनि पुँजीपतिकहाँ आफ्नो श्रम बेच्ने स्वतन्त्रता हुन्छ ।

सबैभन्दा मूल कुरा पँुजीवादी समाजमा मानिसहरूको सामाजिक सम्बन्ध बस्तुहरूका बीचको सामाजिक सम्बन्धको पर्दामा लुकेछिपेको हुन्छ । उदाहरणका लागि यस्तो लाग्दछ कि ‘काम’ यस्तो कुरा हो जसको फेर बदल एउटा अर्को ‘बस्तु’, ‘पैसा’ले गरिँदै रहेको हुन्छ । ‘कामको सट्टामा दाम’ यदि मजदुरी ठीकठाक छ भने सही किसिमको फेरबदल जस्तो लाग्दछ ।

प्रतिक्रिया