चट्याङ लागेर एकको मृत्यु

भोजपुर, २३ वैशाख । चट्याङ लागेर भोजपुरको हेलौछामा १ जनाको ज्यान गएको छ । बुधबार दिउँसो हावाहुरी र झरीसँगै परेको चट्याङले हेलौछा–१ निवासी ६५ वर्षीया लक्ष्मी राईको ज्यान गएको हो । राईको हेलौछा–७ स्थित चण्डिका निमावि नजिकैको  बाँसघारीमा चित्रा बुन्दै गरेको अवस्थामा चट्याङ लागेर ज्यान गएको हो । मृतक राईको शवलार्ई पोस्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया