घर निर्माणमा चा“डो सहयोग गर्न आग्रह

काठमाडौं, २३ वैशाख । वर्षा लाग्नु अगावै भूकम्पपीडित जनतालाई घर निर्माणमा सहयोग गर्न व्यवस्थापिका सांसदमा कुरा उठेको छ । व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा उनहरुले भूकम्प पुनःनिर्माणका लागि दाताले दिएको पैसाको सदुपयोग भए नभएका बारेमा संसद्मा एक अनुगमन तथा छानबिन समिति गठन गर्न माग गरेका छन् ।

सांसद पर्शुराम तामाङले भूकम्पका कारण पानीका मुहान सुकेकाले पानीको मुहानको वैकल्पिक व्यवस्था गर्न सरकार र सदनको ध्यानाकर्षण गराए । सांसद गोकर्ण विष्टले भूकम्पपीडित जनतालाई वर्षातअ गावै छानामुनि ल्याउन आग्रह गर्दै पुनःनिर्माणमा राजनीति गर्न हुँदैन गरेका छन् । सांसद मोहनबहादुर बस्नेतले भूकम्प पुनःनिर्माणको विधि र प्रक्रियाबारे जनताका अन्योल रहेको भन्दै घर निर्माणबारे पुनःनिर्माण प्राधिकरणले जानकारी दिनुपर्ने उनको भनाइ रहेको थियो ।

सांसद गोमा कुँवरले आगलागी र लामो खडेरीले पीडित किसानलाई राहत दिन सरकारसित माग गरेका छन् । सांसद राज्यलक्ष्मी श्रेष्ठ र गीता क्षेत्रीले आगलागी लाग्नाका कारणको पहिचान गरी आगामी दिनमा आगलागी हुन नदिनका लागि सचेतना जगाउन सरकारको ध्यानाकर्षण गराएका छने ।सांसद हरि नेपालले भूकम्पपीडितसरह आगलागी पीडितलाई राहत दिन माग गरेका छन् ।

सांसद वृजेशकुमार गुप्ताले राजनीतिक भागबन्डा र स्वार्थभन्दा उठी भूकम्पपीडित जनतालाई छाना बनाउन लाग्नुपर्नेमा जोड दिए । मधेस आन्दोलनको मागलाई सरकारले किन सुन्न चाहँदैन भन्ने प्रश्न गर्दै उनले मधेसले नयाँ संविधानको स्वामित्व ग्रहण खोजेको हुँदा सो माग सम्बोधन गर्न माग गरे ।

सांसद गोपाल दहितले सरकारले विभिन्न देशको राजदूत नियुक्ति गर्दा योग्यता र क्षमताको भन्दा दलगत कार्यकर्ता नियुक्ति गरेको अरोप लगाउँदै संविधान संशोधनको माग गरे । सांसद यशोदाकुमारी लामाले नयाँ संविधानको कार्यान्वयनले मात्र सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरे । सांसद कान्ता भट्टराईले वर्तमान सरकारलाई नै सहमतीय सरकारमा परिवर्तन गर्न सुझाव दिँदै सहमतीय सरकारले नै संविधान कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार गठन गर्न लाग्नुभन्दा वर्तमान सरकारलाई नै बलियो बनाई भूकम्पपीडित जनतालाई राहत दिन लाग्नुपर्छ भनेका छन् । सांसद रुपा महर्जनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि ध्यान दिन राजनीतिक दलसँग आग्रह गर्दै शान्तिसम्झौता विपरीतका काम कहीँकतैबाट गर्नु नहुने उनको भनाइ रहेको थिए ।

प्रतिक्रिया