‘वर्ल्ड फिल्म फेस्टिभल’मा नेपाली फिल्म पनि

festivalकाठमाडौं, २२ वैशाख । अमेरिकाको क्यालिफोर्नियास्थित मिलकपिटास सहरमा आयोजना हुने ‘वल्र्ड फिल्म फेस्टिभल’मा अब नेपाली फिल्मले पनि सहभागिता जनाउन पाउनेछ । फेस्टिभल आगामी ७ देखि १४ साउनसम्म हुँदै छ ।

विश्वका ३० भन्दा बढी राष्ट्रको सहभागी हुने र नियमित आयोजना हुँदै आएको फेस्टिभलमा नेपाल पहिलोपटक सहभागी हुन लागेको हो । यसमा बंगाल, चाइनिज, रसिया, फिलिपिन्स, मराठीलगायत अनेक भाषामा निर्माण भएका फिल्मले सहभागिता जनाउँदै आएका छन् ।

राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा आयोजक पिएन्ड एम इनोभेटिभ सर्भिसले महोत्सवको विभिन्न पक्षबारे जानकारी गराएको छ । संस्थाका निर्देशक शिवराज कार्कीले नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रिय पहुँचसम्म पु¥याउन नेपाली फिल्मलाई सहभागी गराउन लागिएको बताए । ‘नेपाली कला संस्कृतिलाई विश्वसामु प्रस्तुत गरेर नेपालको गरिमा बढाउन यो एउटा अवसर हुन सक्छ,’ निर्देशक कार्कीले भने, ‘नेपाली कला संस्कृति विश्व बजारमा विस्तार हुने मौका पनि हो यो ।’

फेस्टिभलमा सहभागी हुन सर्भिसले बुधबारबाट नै आवेदन खुला गरेको छ । जुनसुकै भाषामा निर्माण भएका चलचित्र, भिडियो चलचित्र, टेलिचलचित्र, डकमेन्ट्री, म्युजिक भिडियो फिक्सन, ननफिक्सन र मनोरञ्जनात्मक सामग्रीले पनि भाग लिन पाउने निर्देशक कार्कीले जानकारी दिए ।

३० वैशाखभित्र प्रदर्शनमा आएका नेपाली फिल्मले मात्र फेस्टिभलमा सहभागिता जनाउन पाउनेछ । फेस्टिभलमा सहभागी हुन ३० जेठभित्र आवेदन भर्नुपर्नेछ जनाइएको छ ।

२२ विधामा पुरस्कृत गरिने फेस्टिभलमा बेस्ट वल्र्ड इज गोल्ड, बेस्ट क्लासिक आइकन, बेस्ट फिल्म, बेस्ट फिचर साउथ एसिया, बेस्ट डकुमेन्ट्री, बेस्ट सर्ट फिल्म, बेस्ट निर्देशक, बेस्ट सर्ट स्क्रिन प्ले, बेस्ट म्युजिक भिडियो, बेस्ट निर्माता, बेस्ट अभिनेता(अभिनेत्री, बेस्ट डेब्यु निर्देशक, बेस्ट सहअभिनेता÷अभिनेत्रीलगायत टाइटल रहनेछन् ।

प्रतिक्रिया