इन्धनको मूल्य नबढ्ने

Nepal-Oil-Nigam-Largकाठमाडौं, १९ वैशाख । छिमेकी राष्ट्र भारतले पेट्रोल डिजेलको खुद्रा मूल्यमा वृद्धि गरेको छ । विश्व बजारमा तेलको मूल्यमा परिवर्तन आएसँगै भारतले आइतबारबाट लागू हुने गरी खुद्रा मूल्य पेट्रोलमा १ दशमलव ३४ भारु र डिजेलमा २ दशमलव ९४ भारु वृद्धि गरेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।

नेपालमा माग हुने इन्धनको शतप्रतिशत इन्धन भारतबाट नै आयात गरिन्छ । नेपालमा स्वाचालित मूल्य प्रणाली लागू नभए पनि भारतमा भने १५÷१५ दिनमा विश्व बजारमा परिवर्तन हुने मूल्यको आधारमा समायोजन हुन्छ ।

विश्व बजारमा पनि अहिले कच्चा तेलको मूल्य प्रति ब्यारेल २९ अमेरिकी डलरबाट दैनिक रूपमा वृद्धि हुँदै आज मे १ अर्थात आइतबार ४८ दशमलव १३ अमेरिकी डलर भएको छ । तर, यो मूल्य दैनिक रूपमा बढे पनि हिजो शनिबारको तुलनामा शून्य दशमलब शून्य २ प्रतिशतले गिरावट आएको छ ।

भारतमा मूल्य वृद्धि हुनु अगाडिसम्म नेपालमा पेट्रोल ३ रूपैयाँ ७३ पैसा र डिजेलमा ८ रूपैयाँ ६३ पैसाल सस्तो रहेको घिमिरेले बताए । मूल्य वृद्धि नहुँदासम्म भारतमा पेट्रोल १ सय २ रूपैयाँ ७३ पैसा र डिजेल ८२ रूपैयाँ ६३ पैसा रहेको उनले बताए ।

यो संकेत हेर्दा अब भारतबाट आउने इन्धनको मूल्यमा केही वृद्धि भएर आउने घिमिरेले बताए । केही भारु बढेर आए पनि निगमले भने तत्काल मूल्य बढाउने सोच नराखेको उनले बताए । तर कहिले काही बाध्य भएर पनि इन्धनको मूल्य बढाउन पर्ने अवस्था आउने घिमिरेको भनाई छ ।

‘भारतीय बजारमा बिक्री हुने खुद्रा मूल्य नेपालमा भन्दा धेरै सस्तो भएको अवस्थामा नेपालबाट पुनः भारतमा नै तेल जान्न सक्छ’, उनले भने, ‘त्यसैले सन्तुलन ल्याउनको लागि मूल्य वृद्धि गर्न पर्ने अवस्था आउँछ ।’ मूल्य परिर्वत नगर्ने हो भने नेपाल आएको तेल भारत तिरै जाने र नेपालमा अभाव हुने अवस्था आउने उनले बताए ।

निगमलाई भारतले नयाँ मूल्य नपठाउँदासम्म प्रतिलिटर पेट्रोलमा १२ रूपैयाँ ७८ पैसा, डिजेलमा ११ रूपैयाँ ९४ पैसा, मट्टितेलमा २० रूपैयाँ ७९ पैसा, हवाई इन्धनमा आन्तिरिक तर्फ १० रूपैयाँ ९५ पैसा र बाह्य तर्फ २१ रूपैयाँ ५२ पैसा तथा एलपी ग्यसामा प्रतिसिलिण्डर ९२ रूपैयाँ रहेको छ । साथै निगमले २०७२ साल भरिमा ३२ अर्व भन्दा बढी ऋण चुक्ता गरेको छ । अब निगमको ऋण ६ अर्वको हाराहारीमा रहेको छ । अहिले निगम सरदर ६७ करोड भन्दा बढी फाइदामा रहेको छ ।

प्रतिक्रिया