सुस्त मनस्थिति केन्द्रको साधरणसभा

kavreकाभ्रे, १८ वैशाख । काभ्रेको खरेलथोक ४मा रहेको बालबालिकाका लागि पुनःस्थापना केन्द्रको चौथो साधरणसभा सम्पन्न भएको छ । ०५८ सालमा सुस्त मनस्थिति भएका बालबालिकाहरूको लागि अध्ययन गर्न संस्थाको स्थापना गरिएको थियो ।

बौद्धिक अपांगता भएकाहरूका लागि भन्दै सो संस्थाको औपचारिक दर्ता भने ०६३ सालमा भएको हो । जिल्ला प्रसासन कार्यालयमा आधिकारिक रूपमा दर्ता भएर संचालनमा रहेको संस्थाको स्थापना दिवस तथा चौथो साधारणसभा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा यस्तो क्षेत्रमा सरकारको उपस्थिति नै नभएको भन्दै केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका केवलप्रसाद सिक्देलले तत्कालीन समयमा आफ्नै सन्तान सोही पीडामा रहेकाले केन्द्र स्थापना गरेको बताए । उनले त्यस समयमा विद्यालयस्तरीय बिशेष स्रोत कक्षाको स्थापना गर्न सो कदम चालेको स्मरण गराए । उनले शहरका सिमित कार्यक्रमले बाहिरी क्षेत्रलाई समेट्न नसकि रहेकोमा गुनासोसमेत व्यक्त गरे ।

उनले यस्ता अपांगता भएका बालबालिकाको बानी सुधार तथा पुनःस्थापना गर्नको लागि विशेष भूमिका खेल्न कक्षाको व्यवस्था गरिएको बताएका थिए । हाल ६ कोठे भवनमा ४१ जना वौद्धिक अपांगता भएकाहरूको पठनपाठन र सुधारको लागि सो केन्द्रले काम गर्दै आएको छ । वार्षिक दशौँ लाख खर्च लाग्ने र अभिभावक र जिल्ला शिक्षा कार्यलयले मासिक १७ सय उपलब्ध गराँउदै आएको उनले जनाए । रकम अपर्याप्त भएको र बेला बेलामा अभिभावकसँग आर्थिक विषयमा समेत छलफल नमिल्दा केन्द्र सञ्चालनमा कठिनाई हुँदै आएको छ ।

१५ वर्षदेखि निरन्तर यो क्षेत्रमा काम गर्दै आएका सुधा सिलवालले त्यहाँ भएको समस्या र चुनौतीबारे सबै निकायहरूको ध्यान जान आवश्यक रहेको बताइन् । १० वर्षअघिदेखि डेविटडले ६ रोपनी १० आना जग्गामा सञ्चालन गर्दै आएको केन्द्रमा भूकम्पपछि आवासको लागि समस्या रहेको उनको भनाइ रहेको थियो । उनले गर्मीमा घामले तातेर बस्नै समस्या हुने जाडोमा सितलहर र जाडोले बस्नै समस्या रहेको बताँउदै समस्याबारे सरकारको ध्यान जानुपर्ने बताएकी छन् । कार्यक्रमका सभापतिसमेत रहेका सिक्देलले सबैको साथ र सहयोगले मात्र केन्द्र अगाडि बढ्न सक्ने भन्दै सबै सँग सहयोगको अपेक्षा समेत गरेकी थिइन् ।

कार्यक्रममा काभ्रे क्षेत्र नम्बर ४ का कांग्रेस क्षेत्रीय सभापति महेश खरेलले २५ हजार, केयु योग सेन्टरले ४२ हजार ४ सय ४२ , स्थानीय रुक्सा खेरेलले १ लाख ५० हजार र पशुपति क्षेत्र बिकासका शुवर्णदास वैद्यले २५ हजार नगद सहयोग गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि समाजसेवी तथा स्थानीय युगप्रसाद खरेलले वौद्धिक अपांगतालाई परिवारिक माया र समाजदेखि नै उसले पाउने सम्मानबारे संवेदनशील बन्नुपर्ने धारणा राखेका छन् । उनले उनीहरूलाई पछि पारिँदै आएको र हेर्ने शैली पनि फरक रहेको भन्दै सबैले आफैँ सम्झेर व्यवहारिक परिवर्तन गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि राप्रपा नेपालका समानुपातिक सभासद रेशम लामा आउने भनिए पनि विशेष कारण देखाएर आउन सकेनन् । कार्यक्रममा उपस्थित भएका राप्रपा नेपालका मन्त्री लामाका स्वकीय सचिव राजेन्द्र केसीले यस्तो क्षेत्रको नाममा हुने सबै गतिविधिमा राजनीतिक हस्तक्षेप हुन नहुने आफूहरू सँधै समन्वय गर्न सबै पार्टाहरूलाई सँधै दवाब दिई नै रहेको बताएका छन् । उनले यसमा कसैले पनि राजनीतिक खेती गर्न नहुने बताए ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघ काभ्रेका अध्यक्ष रामकृष्ण बञ्जरा, पुण्यवती घले, जगन्नाथ गिरी, रामचन्द्र हुमागाईं, सरोज हुमागाईं, दिपककुमार उप्रेतीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया