जनताको घरघरमा इन्टरनेट हुने

panthar hulakपाँचथर, १७ वैशाख । जिल्ला हुलाक कार्यालय पाँचथरको नवर्निमित भवन उद्घाटन गर्न आएका हुलाकसेवा विभागका महानिर्देशक द्रोणप्रसाद पोखरेलले जनताको घरमा इन्टरनेटसहित हुलाकसेवा प्रवाह हुने बताएका छन । उनले इमेल, इन्टरनेटमार्फत रेमिटयान्स घरघरमा पु¥याइने सरकारी लक्ष्य रहेको बताए ।

कार्यक्रममा क्षेत्रीय निर्देशक विराटनगरका डगेन्द्रप्रसाद पराजुलीले हुलाक सेवाको प्रभावकारी, सूचनाविभागले प्रकासित गरेको र नयाँ नीतिनियम ल्याउन प्रयत्न गरिरहेको साथै हुलाक बचत बैंकबारे बोलेका थिए । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले नयाँ भवनले सेवाग्राही मैत्री सेवादिने विचार व्यक्त गरेका छन् । जिल्लामा भवन निर्माण गर्ने निमार्णकर्ता सुजन नेम्बाङ, कमल थपलिया, केदार बाँस्कोटा, इन्जिनियर भानु बराललगायतलाई सम्मानपत्र तथा दोसल्लाह ओडाई सम्मान गरिएको थियो ।

नवनिर्मित भवन १ करोड ६२ लाखमा निर्माण गरिएको हुलाक कार्यालयका निमित्त प्रमुख देवीप्रसाद अधिकारीले सरोकारवालामाझ गतिविधिबारे सार्वजनिक गरेका थिए । जिल्लाका प्राज्ञिक प्रेमओझाको सञ्चालनमा भएको कार्याक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, व्यवसायी, संघसंस्थाका प्रतिनिधिहरूले भवन, हुलाक सेवाबारे सुझाव र शुभकामना दिएका थिए ।

प्रतिक्रिया