पेरिस, १६ वैशाख । फ्रान्सेली प्रधानमन्त्री मानुऐल भाल्सले हालै जिहादवादका लागि राम्रो बहाना छैन भन्दा उनी सही थिए । भाल्सको विचारमा बहानाहरूको संस्कृतिलाई अस्वीकार गर्नुको अर्थ जिहादी उत्तेजनाको व्याख्यामाथिको छलफलमा सहभागी हुने लालसालाई रोक्नु पनि हो ।
युरोप (र युरोपभित्र पनि फ्रान्स)लाई धर्म वा आस्था परिवर्तनका लागि मुख्यस्थलका रूपमा हेर्ने जिहादवादको अन्तर्निहित सिद्धान्त सल्फीजमका लागि वैचारिक जितको खतराविरुद्ध यही अप्रिल ४ का दिन चेतावनी दिँदा भाल्स फेरि पनि सही थिए ।
यो बहसमा सहभागी हुने जिम्मेवारीबाट विगतको ३ दशकका फ्रान्सेली सरकारहरू तर्किंदै आएका छन् । तर, निष्क्रियताले तत्कालका लागि सामाजिक शान्ति सुनिश्चित गरे तापनि त्यसले गणतन्त्र भन्दा बाहिरको मूल्यमान्यताहरूलाई फ्रान्सेली सहरहरूको कुनाकाप्चामा जरा गाड्न ढोका खोल्ने काम गरिदियो । यसपछि सरकारहरूले उग्रवादी इम्लामिक रुढिवाद वास्तवमा इम्लामिक फासीवाद हो भन्ने वास्तविकतालाई अस्वीकार गरेर स्वेच्छिक अन्धोपनालाई स्वीकार्ने सरहको काम गरे । आलोचकहरूले इस्लामिक फासीवादलाई अधिनायकवादको तेस्रो विश्वव्यापी रूप हो भनी निन्दा गर्दै आएको २ दशकभन्दा बढी भइसकेको छ ।
सरकारको यो असफलतामाथि राजनीतिक वृत्तको चरमसीमामा विद्यमान अदूरदर्शिताले मलजल गर्ने काम ग¥यो । सन् २०१२ मा उग्र दक्षिणपंक्ती नेसनल फ्रन्टका नेता मरिन ले पेँले (दुवैलाई निन्दा गर्न) धार्मिक प्रतीकका रूपमा रहेको यहुदीहरूले लगाउने घोप्टे टोपी अर्थात यारमुल्के र राजनीतिक प्रतीकका रूपमा रहेको बुर्कालाई एकैठाउँमा राखेका थिए । यसै महिना मात्र ग्रीन पार्टीका सिनेटर ऐस्थर बेनबास्साले एक्लाउने काममा मिनिस्कर्ट घुम्टोभन्दा कम नभएको दाबी गरे । मानिसहरूले त्यसैको नाममा हत्या, अंगभंग र बलात्कार गर्ने काम गरिरहेका छन् भन्ने कुरा कदापि बिर्सन नदिने बर्बरताको एउटा रूपलाई स्वीकार्य बनाउने काम गरेका छैनन् भन्ने हो भने ले पेँ र बेनबास्साले के गरिरहेका छन् त ?
सबैभन्दा ठूलो स्वरमा चिच्याएकै कारण मध्यमार्गीभन्दा उग्रवादीहरूमा रहेको तुलनात्मक लाभले समस्यालाई अझ जटील बनाउने काम गरिरहेको छ । फ्रान्सेली क्रान्तिको समयमा विधानसभामा मोन्टागनार्ड्सहरूले गिरोन्डिस्हरूलाई अव्यक्त बनाउने काम गरेको जस्तै कट्टरपन्थी जिहादीहरूले शान्तिका साथ र अन्य व्यक्ति तथा कानुनको सम्मान गर्दै आफ्नो आस्थाको अभ्यास गर्न चाहने ठूलो संख्यामा रहेका मुस्लिमहरूलाई चुप लगाउने काम गरिरहेका छन् ।
अन्त्यमा आएर आफूलाई अपमान गर्नेहरूलाई धार्मिक कट्टरपन्थीहरूले कलंकित गर्दा हाम्रा नेताहरू डराएर गरेको वाचाबाट पनि पछाडि फर्कने प्रवृत्ति हामीले देख्न थालेका छौँ । हिजो भारतीय उपन्यासकार सलमान रुस्दी थिए; आज अल्जेरियाली उपन्यासकार कामेल दाउद छन् । त्यस्तो अवस्थामा धेरै नेताहरूको पहिलो प्रतिक्रिया त्यसका लागि उनीहरू नै जिम्मेवार छन् भन्ने हुनेगर्छ, जसले पीडितहरूलाई दोस्रोपटक पीडित बनाउने काम गर्छ ।
कुनै पनि अवस्थामा त्यसको परिणाम स्पष्ट छ : हिंसात्मक अतिवादको परितोषणले त्यसैलाई अझ बढी प्रोत्साहित गर्ने काम हुन्छ । परिणामस्वरूप हामी आफूलाई अघोषित बौद्धिक संकटकालको अवस्थामा पाउँछौँ जसले दुःखद रूपमा आतंकवादी हमलापछि हाम्रा सरकारहरूले घोषणा गर्ने संकटकालको स्थितिलाई निम्त्याइरहेको छ ।
यो संकटकालको स्थितिलाई समाधान गर्न सबैभन्दा पहिला हामीले प्रायः भनेको र गरेको भन्दा ठीक विपरीत भन्नु र गर्नु हो । विशेषगरी, हामीले कोदालोलाई कोदालो नै भन्नुपर्छ । एउटा इस्लाम धर्मावलम्बी हराएको मुस्लिम वा भड्किएको मुस्लिम हुनसक्छ, तर ऊ सबै समान मुस्लिम नै हो । हामीले यी पथभ्रष्ट मुस्लिमहरूको ‘इस्लाम धर्मसँग कुनै लेनादेना’ छैन भन्ने घृणित वाक्यलाई दोहो¥याउने काम बन्द गर्नुपर्छ ।
अर्काे शब्दमा भन्नुपर्दा हामीले २ वटा इस्लाम मृत्युसम्मको लडाइँमा जुटेका छन् भन्ने कुरा स्वीकार गर्नुपर्छ र त्यो किन पनि भने युद्धस्थल पृथ्वी हो र युद्धले पश्चिमले अवलम्बन गर्ने मूल्यमान्यता जोखिममा पारेको छ । यो युद्ध मुस्लिमहरूको मात्र मामिला होइन ।
यो कार्यपछि हामी इस्लामिक घृणा र आतंकको सञ्जालको पहिचान गर्ने, सुल्झाउने र सार्वजनिक गर्ने काममा कर छल्नेहरूको विश्वव्यापी सञ्जाललाई सार्वजनिक गर्ने कार्यमा हाल परिचालन भइरहे सरहकै ऊर्जा र चलाखीपनका साथ केन्द्रित भएर लाग्नुपर्छ ।
सल्फिजमको पानामा पेपर्स बाहिर आउनका लागि हामीले कति लामो समय पर्खनुपर्ला ? विश्वव्यापी जिहादका मोस्साक फोन्सेका र त्यसका आपराधिक र दूरदराजमा सञ्चालित कम्पनीको कालो जालोलाई सफा गर्नमा ती महान पत्रपत्रिकाहरूलाई के कुराले रोकिरहेको छ ?
हामीले महिला, उनीहरूको अनुहार र उनीहरूका अधिकारका साथै समग्रमा मानवअधिकारको सम्मान गर्ने इस्लामको पक्षमा उभिएर घृणा फैलाउने इस्लामलाई अस्वीकार गर्ने मुस्लिमहरूलाई सहयोग, प्रोत्साहन र वैचारिकरूपमा सुदृढ बनाउनुपर्छ । यही कुरा हामीले तत्कालिन सोभियत संसारमा हामीले भिन्न विचार राख्ने व्यक्तिहरू भन्ने गरेको साहसी व्यक्तिहरूका सम्बन्धमा गरेका होइनौँ ? र त्यति बेला ती भिन्न विचार राख्ने व्यक्तिहरू अल्पसंख्यक हुन् र सामन्तवादको कठोर सिद्धान्तविरुद्ध कदापि हावी हुनसक्दैनन् भन्नेहरूलाई उपेक्षा गर्दा हामी सही थिएनौँ ।
त्यसको अर्थ (अहिलेको एउटा उदाहरणलाई लिने हो भने) दाउदको संरक्षण र प्रतिरक्षा गर्नु हो । मुस्लिम मूलका प्र्रmेन्च लेखक दाउदले युरोपमा आश्रय खोजीरहेकाहरूले युरोपेली मूल्यमान्यताहरूलाई स्वीकार गर्न सिकेमा राम्रो गर्नेछन् भन्ने विचार अभिव्यक्त गरेका थिए । त्यसका लागि दाउदविरुद्ध दोहोरो फतवा जारी भएको छ ः पहिलो अल्जेरियाली–फ्रेन्च पत्रकार मोहमद सिमाउको शब्दावली उधारो लिने हो भने ‘हत्यारा दाजुभाई’बाट र दोस्रो उनले अरब पुरुषहरूलाई महिलाको निष्ठाको सम्मान गर्न आग्रह गर्दा ‘प्राच्यवादको सबैभन्दा सस्तो विचारलाई दोहो¥याएको’ आरोप लगाउने सानो समूहमा रहेका कथित प्रगतिशाली र नश्लवादी विरोधी फ्रेन्च विद्धानहरूबाट ।
वास्तविक नश्लवादी विरोधी, साम्राज्यवादी विरोधी, र गणतन्त्रात्मक प्रजातन्त्रमा आस्था राख्नेहरूले सल्फिजमवादीहरूको आपराधिक इस्लामविरुद्धको युद्धमा मध्यमार्ग र शान्तिको इस्लामको पक्षमा उभिनुपर्छ । यो वैचारिक, आध्यात्मिक र राजनीतिक युद्ध हो, यस्तो युद्ध जसले सबै विश्व, संस्कृति र हामीले सम्भ्यताहरू भन्न सही हुने प्रबुद्ध इस्लाम अझै पनि जीवित र राम्रै अवस्थामा रहेको कुर्दिस्तान, मोरोक्को, बोस्निया र बंगलादेशदेखि फ्रान्सका विलीन हुनपुगेका सहर छिमेकलाई गाँजेको छ । सामान्य भाषामा भन्नुपर्दा यही नै हामीले अविलम्ब गर्नुपर्ने काम हो । यो हाम्रो युद्ध हो । (अनुवादः मनोज कार्की/रासस)
प्रतिक्रिया