जन्ती बोकेको बस दुर्घटनामा चालकको मृत्यु, आठ घाइते

busधनकुटा, १५ बैशाख । धनकुटाबजार नजिक बुधवारबिहान जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आठ जना घाइते भएका छन । जीतपुरबाट जन्ति बोकेर बेहुली लिनका लागि ईटहरी जाँदै गरेको को१ख२९३२ नम्बरको बस बिहान करिव ८ बजे धनकुटा नगरपालिका–३ आत्मारास्थित सडकमा पल्टिएको हो । दुर्घटनामा परी बस चालक धरान उपमहानगरपालिका–१५ का ३५ वर्षीय बिजय लामिछानेको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता बिमल बस्नेतले जानकारी दिए ।

घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकको सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । बिपरीत दिसाबाट अर्को गाडीलाई उच्छिनेर आएको मोटरसाईकललाई जोगाउँने क्रममा अनियन्त्रित भई बस पल्टिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताए । उनका अनुसारबसमा ३५ जनासवार थिए ।

बस सडकमा पल्टिएपछि करिव २ घन्टासम्म कोशी राजमार्गको धरान–धनकुटा सडक खन्डमा यातायात आवतजावत बन्द भएको थियो । स्काभेटरको सहायतामा सडक छेउमा बस सारिएपछि बिहान १० बजेबाट राजमार्गमा यातायात सुचारु भएको थियो ।

प्रतिक्रिया