२० हजारमा छुटे जालहारी

jalपाँचथर, १५ वैसाख । हेवा खोलामा करेन्ट लगाई माच्छा मार्नेलाई प्रहरीले पक्राउ गरी जरीमाना लिएर मंगलबार छाडेको छ जिल्लाप्रहरीले सोमबार दिपन्द्र विश्वकर्मा, रमेश विश्वकर्मा, अर्जुन तिमसिना र जसबहादुर तामाङलाई पक्राउ गरेको थियो । उनीहरूबाट करेन्ट लगाउने सामान र माच्छा भेला पार्ने जालसहित फेलापारी कार्वाही अगाडि बढाइएको थियो ।

खोलामा नियमविपरीत करेन्ट लगाई माच्छा मार्नेलाई जलचर संरक्षण ऐन २०१७ अनुसार प्रतेकलाई २० हजारका दरले जरीवाना लिई छाडिएको पाँचथरका प्रमुख जिल्लाअधिकारी पुरुसोत्तम घिमिरेले बताए । उनीहरूले भारपा ८ स्थित हेवाखोलामा करेन्ट लगाई माछा मार्ने गरेको र सर्वसाधारणलाई खतरा हुने भएकाले जनगुनासाको आधारमा प्रहरीले पक्रउ गरेको डीएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

प्रतिक्रिया