पराजितको ‘लेप्मुहाङको डुंगा’ आयो

lemmuhangकाठमाडौं । युवाकवि पराजित पोमुको ‘लेप्मुहाङको डुंगा’ कविता कृति काठमाडौंमा सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका सदस्यसचिव गणेश रसिक, कवि तथा प्राज्ञ श्रवण मुकारुङ, कवि आख्यानकार एवं चिन्तक आहुती र कवि तथा आख्यानकार उपेन्द्र सुब्बाले कृतिको विमोचन गरी सार्वजनिक गरेका हुन् ।

उक्त विमोचन कार्यक्रममा गणेश रसिक, श्रवण मुकारुङ, आहुतिलगायतले शुभकामना वयक्त गर्दै पुस्तकमाथि टिप्पणीसमेत गरेका थिए । कविहरू प्रकाश थाम्सुहाङ, चन्द्र रानोहँछा, छम गुरुङ, सांकेन बान्तवा र सुनिता खनालले कृतिभित्रका केही कविताहरू वाचन गरेका थिए । दक्षिण कोरियामा रोजगारी गर्दै आएका पोमुको उक्त कविता संग्रह विमोचन कार्यक्रमको आयोजना अलग आर्ट हब ललितपुरले गरेको थियो । (सौस)

प्रतिक्रिया