रिपोर्टरको डायरी : तिमी फेरि नआऊ है भूकम्प !

sukdev copy२०७२ वैशाख १२ को भूकम्प गएको वर्षदिन पुग्न एक दिन अगाडि शनिबारको दिन थियो । म काठमाडौंको कोटेश्वर हुँदै माइतिघर तिर जाँदै थिएँ । करिब ५ सय जनाको हाराहरीमा एउटा जुलुस जस्तै गरी हुल निस्कियो केही कराइरहेका थिए । शिक्षक एउटा पोसाकमा प्रहरी अर्काे पोसाकमा विद्यार्थीहरू अर्काे पोसाकमा सजिएर लामबद्ध रूपमा हिँडिरहेका थिए । सवारी साधनहरू आफ्नै गतिमा थिए ।

म बसको झ्यालबाट बाहिरको दृश्य नियालीरहेको थिएँ । त्यहाँ अनेकौँ तस्बिरहरू थिए । भूकम्पमा भत्किएको संरचनामा पुरिएका मनहरूसँगै मन नै बिजाउने अनेकौँ तस्बिरहरू निंगालोको लौरोमा उनिएर बोकेर हिँडिरेहका थिए । म पढ्दै थिएँ । केही क्षणमा नै मेरो नजर त्यो करिब ९ वर्ष जतिको बालकले बोकेको लौराको पोस्टरमा हेर्न पुगेँ । त्यहाँ लेखिएको थियो ‘तिमी फेरि पनि नआउ है भूकम्प !’ म एकैछिन आश्चर्यमा परेँ र मनमनै सोचेँ बालक न हो डर त उस्सै पनि लागिहाल्दो हो । फेरि एकै क्षणपछि मेरो सोचाइ नै बांगिएर आयो उसलाई संसार देखाउने चिनाउने समाज नै काँथर छ । उसलाई जे सिकायो त्यही सिक्ने न हो ।

आइतबारसम्म पनि भूकम्प जाँदा पाठ्यक्रममा घरभित्र खाटामुनि लुक्नुपर्छ भन्ने समावेश नै गरिएको छ । गत वैशाख १२ को भूकम्पमा खेलिरहेका केही विद्यार्थी त्यही पाठ्यक्रमकै कारण सिकार बनेको घटना ताजै छ । आइतबार फेरी त्यही भूकम्पलाई नआउ भनी हास्यमजाक शैलीमा अपनाइएको छ ।

विपत्ती कसैले देखेका हुँदैनन् । कुन बेला के हुन्छ त्यसलाई सामना गर्ने र तत्काल कसरी बच्न सकिन्छ भन्ने सानै कुरा तर गहकिला कुराको सिकाई हुनुपर्छ । विपत्तीमा औजार र उद्धारको सरसामान पयाप्त नहुँदा तत्कालै केही गर्नसक्ने अवस्था पनि नभएको हाम्रो देशमा मन्त्र र तन्त्रकै भरमा अझै शताब्दी चल्ने हो कि भन्ने पछिल्लो संकेत भूकम्पको वार्षिकी मनाउँदाको झलकहरूले स्पष्ट पार्दछ । पखलालाग्दा धामी लगाउन जाने नेपाली परम्पराले अझै पनि राम्रो स्थान ओगटेको छ । पाहोर मात्रै बिरामी निको बनाउन बालकलाई बलि दिएको घटना सेलाएको नै छैन । प्राकृतिक विपत्तीको सामना गर्न सक्ने र नडराउने शिक्षाको सिकाइको खाँचो थियो । परम्परागत शिक्षा प्रणाली नै परीक्षाको मुल्यांकन बन्दै आएको छ । जसले धरै घोक्यो उसले नम्बर पायो । सामान्य सिकाइकै वातावरण नहुँदा विपत्तीको सामना गर्न र आत्मनिर्भर बन्नुको सट्टा परनिर्भरताको भूमरीमा नेपाल अझै कतिसम्म अल्झिरहला यसै भन्न सकिन्न ।

प्रतिक्रिया