खै के भनौँ के ? भूकम्पका एक वर्ष बितेछन्

Mohan Prasad Sapkotaसमाजिक सञ्जालका भित्ताहरू खोतल्यो, नाम चलेका देशीविदेशी पत्रकारहरू नै डराइरहेका देखिन्छन् भूकम्पसँग । दृष्टिविहीनले त्यसमाथि पनि अँध्यारोमा हात्ती छामेर हात्तीको बयान गरेको भन्दा कम छैन भूकम्पसम्बन्धी विशेषज्ञहरूको प्रतिवेदन पनि । के के न नयाँ कुरा आविष्कार गरेको जसरी भन्दछन्, ‘भूकम्प जान्छ, तर कहिले र कति रिक्टरस्केलको जान्छ भन्न सकिन्न ।’ तै पनि हामी यिनकै विश्वास गर्न वाध्य छौँ ।

मेरो व्यक्तिगत विचार घुसाउने हो भने सायद यो वर्ष प्राकृत्रिक होइन अरू नै क्षेत्रमा भूकम्प जाने सम्भावना देखिन्छ । ‘जतिसुकै उफ्रे पनि भ्यागुतो कान्लामुनिको कान्लामुनि’ नै हुने रहेछ मानव प्रकृतिका अगाडि । भर्खर जपानमा गएको भूकम्पले पनि पाठ सिकाएको छ । भूकम्प नियमित प्राकृतिक परिघटना हो भने त्यसले गर्ने विनाश मान्छेको अहंको विनाश हो । सचेत रहौँ र निडर बनौँ । आफैँ च्यापिने गरी मुसौरी नथापौँ । विनाशकारी भूकम्पले गर्दा आएको जरोले अहिलेसम्म पनि जिउ काँप्न छाडेको छैन । परकम्प गइरहेछन् । १ लिटर ह्विस्की पचाउने जँड्याहालाई बिरामी पर्दा अस्पतालको शैयामा लट्याउने औषधिले नुछुएझैँ हाम्रो तनमनले परकम्प पचाउँदै गइरहेको छ । भूकम्प जाँदाका प्रतिवद्धता, सचेतता सबै अब हराइसके ।

हिजो, आज, भोलि गर्दागर्दै वर्ष दिन आयु घट्न कति नै समय लाग्ने रहेछ र रु आज एक वर्ष पुग्यो भूकम्प बितेको । कोही भन्छन् श्राद्ध गर्नुपर्दछ, कोही भन्दछन् जन्मोत्सव मनाउनु पर्दछ । कसै कसैल त सार्वजनिक बिदाका हल्ला पनि चलाए ।

epa04720072 People inspect the damage of the collapsed landmark Dharahara, also called Bhimsen Tower, after an earthquake caused serious damage in Kathmandu, Nepal, 25 April 2015. At least around 600 people have been killed and hundreds of others injured in a 7.9-magnitude earthquake in Nepal, according to the country's Interior Ministry. People were being rescued from the rubble of collapsed buildings. Temples have crumbled all over the city, and houses and walls have collapsed.  EPA/NARENDRA SHRESTHA

श्राद्ध श्रद्धाले गरिने एउटा कर्म हो । प्रायः तीन पुस्ताभित्रको कोही आफन्त जीवित हुँदाखेरिको गुन सम्झेर गरिने धार्मिक प्रक्रिया हो । जो जो भूकम्पका कारण प्रताडित भए, भइरहेछन् तिनको आर्थिकस्तरको त कुरै छाडौँ मानसिक र शारीरिक अवस्था पनि जस्ताको तस्तै छ । तर, जजसले भूकम्पका कारण घरजम जोडे तिनका लागि भोलिको दिन श्राद्ध गर्दा नि फरक पर्दैन । जीवित व्यक्तिले आफू मृत्यु भएपछिको सबै संस्कार जीवित हुँदै गर्न सक्ने प्रावधान छ भने यी भूकम्प खाएर मोटाएकाहरूको श्राद्ध अरूले गर्न नहुने भन्ने छैन ।

फेरी कसैले भने जन्मोत्सव मनाउनु पर्दछ । ‘ह्यापी बर्थ डे टु यू’ मा सीमित मस्तिष्कहरूलाई जन्मदिनको महत्व बताएर फाइदा पनि छैन । विश्वास पनि गर्दैनन् । भूकम्प गतवर्ष जन्मिएको थिएन । पृथ्वीको जन्मसँगै यसको जन्म भएको हो । जन्म दिन मनाउन उपयुक्त हुन्थ्यो त हरेक साल माघ २ गतेकै दिन मनाइने गरिन्थ्यो होला । लोकतन्त्र दिवस, प्रजातन्त्र दिवस र गणतन्त्र दिवसका दिन फेरिए जसरी फेरिरहने कुरो त यो नहुनु पर्ने हो । पृथ्वीनारायण शाहको पृथ्वी जयन्ती जसरी भूकम्प जयन्ती मनाउने विचारहरू पनि भेटिए ।

कसैले भने भूकम्प दिवस मनाउनु पर्दछ । कुनै दिन घटेको घटना विशेष जसले गर्दा त्यसपछिका दिनहरू परिवर्तित भए (जस्तै : सहिद दिवस), कुनै दिन घटेको घटना जुन घटना कालान्तरसम्म प्रेरणादायी बनिरहने खालको छ ९लोकतन्त्र दिवस०, कुनै दिनलाई सर्वहीत साधना गर्न प्रेरणा जगाउने ध्येयले केही सकारात्मक सोच बढोस् र समाज वा देश वा विश्वलाई फाइदा होस् भनेर मनाइने ९शान्ति दिवस, पृथ्वी दिवस० आदि दिवस मनाउनु त स्वाभाविक हुन्छ । तर, भूकम्प दिवसले यी कुनै कुराको पनि प्रतिनिधित्व गर्दैन ।

भूकम्प गइरहन्छन् । वैदिक काल, पौराणिक काल, प्राचीन काल र अहिले पनि गइरहेका छन् । जन्मोत्सव, श्राद्ध वा जयन्ति वा दिवस मनाएर भूकम्प आउन नपुगेको जस्तो नगरिए हुन्थ्यो । कसैलाई केही गरेको देखाउनै मन भए भूकम्प सचेतता दिवस भनेर मनाउन सकिन्छ । भूकम्प जाँदाका ती दिन ‘आपैmँ त महादेव उत्तानो टाङ, कसले देला वर रु’ शैलीमा बितायौँ । सबैलाई आफ्नो र त्यसपछि आफन्तकै पीरले सताइरह्यो । देशमा न राजनीति थियो न राजनीतिज्ञ नै थिए । प्रहरी र सेनाले राज्यको इज्जत जोगाइदिए । लाजै नमानी दुई महिनापछि राजनीति जुका जसरी सलबलायो । ‘प्रहरी र सेना भनेको पनि हामी नै हौं’ भन्यो ।

बितेका एकजना प्रधानमन्त्रीले महिला सम्मेलन उद्घाटन गर्दा भन्ने गर्दथे ‘म पनि तपार्इंहरू बीचबाटै आएको हुँ । तपार्इंहरूको दुःख मैले राम्ररी बुझेको छु ।’ सबै सहभागीले तररर ताली बजाएको समाचार भाटभिजनहरूले प्रसारण गरेको हेर्न पाइन्थ्यो । अहिले पनि ‘हेर बिचराको बिजोग, अझ जस्ताको टहरा पनि रहेनछ, मैले त तीन÷चार महिना अगाडि नै पठाउनु भनेको, अझै दिएनछन् रु म गएर तिनलाई ठीक गर्दछु, चिन्ता नलिनु ल ।’ भनेर पीडितलाई चेपारो घसिरहेका छन् । यता चामल कुहिएर पुरिने क्रम सुरु भएको छ । चेपारेहरू भूकम्पमा आएको सहयोग कतातिर के बाँकी छ र कुम्ल्याउँ भनेर आइग्लास लाएर खोजिरहेका छन् ।

देश एउटा भाडामा लिइएको राजनीतिले चलाइरहेछ । अर्को राजनीति मलाई भाडामा लगाउँछन् कि भनेर पालो कुरेर बसिरहेको छ । भाग नपुग्नेहरू नयाँनयाँ नाम लिएर न्वारान गर्न व्यस्त छन् । अस्तित्व संकट पर्दा केके न गर्न लागेको जस्तो देखिन्छ, देखाइन्छ । राणाशासनको अन्त हुँदा, पञ्चायतको अन्त हुँदा, राजतन्त्रको अन्त हुँदा र लूटतन्त्रले सत्ता छोड्नुपर्दा यस्तै नाटक भइरहने गर्दछन् । यसमध्ये कति पढ्यौँ कति भोग्दै आइरहेका छौँ । भूकम्पको विनासमा देश एकजूट हुने आश थियो तर त्यसलाई जूकाहरूले कमाउने अवसर बनाए ।

अन्तमा, ७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि गएका र गइरहेका सयौँ परकम्पबाट ज्यान गुमाउन पुगेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रति मनसा श्रद्धासुमन व्यक्त गर्दछु । जो जसले छँदाछँदैको सग्लो शरीरलाई भूकम्पका कारण टुत्र्mयाउनु परेको छ उहाँहरूमा गहिरो सहानुभूति प्रकट गर्दछु । शत्रु लागे पनि कसैलाई दैव नलागून् । जजसले कसैको मुख नताकी आफ्नै पौरखमा रुखोसुखो जोरजाम गर्नुभएको छ उहाँहरूको श्री वृद्धि हुँदै जाओस् । जजसले राज्यले चुहाउँदै लगेका राहत सुँघ्न पाउनुभएको छ, उहाँहरूलाई आफैँ केही गर्न र राजनीतिको दास नबन्न प्रेरणा मिलोस् । आगामी दिन हामी नेपाली मात्रै होइन विश्वका कसैले पनि यस्तो दुर्दान्त प्राकृतिक विपत्तिको सामना गर्न नपरोस्, भगवानसँग यही वरदान माग्दछु । जय धरती माता !!!

प्रतिक्रिया