भूकम्पमा बाँचेकाहरूको गुनासो

e"sDksf] cjz]if j}zfv !@ sf] e"sDkn] Iflt k'¥ofPsf] sfe|]knf~rf]ssf] r08]gLd08g–* sf] Ps a:tL . e"sDk uPsf] Ps aif{ k'/f x'Fbf;d]t oxfF cem} 6x/f ag]sf] 5}gg . tl:a/ M l;aL clwsf/L /f;;

काभ्रे, ११ वैशाख । भूकम्प गएको वर्षदिन पूरा हुँदासम्म काभ्रेका भूकम्पपीडितहरूले पालमुनि बस्न बाध्य भएका छन् । भूकम्पमा काभ्रे जिल्लामा ३ सय १९ जनाले ज्यान गुमाएका थिए ।

भूकम्प वर्ष बित्दासमेत यहाँको पीडितहरू त्रिपाल र टहरोमै बस्दै आएका हुन् । उनीहरूले योवर्ष पनि गएको वर्षमा झैँ वर्षायामको बाढी र पहिरोको त्रासमै बिताउनुपर्ने लगभग पक्का जस्तै भएको छ । सरकारले पुनर्निर्माण अभियान थालिने बताए पनि निर्माणका लागि पूर्वाधार र तयारीसमेत नहुँदा उनीहरू बिचल्लीमै पर्ने भएका हुन् । घर बनाउन चाहिने कागजात संकलन गर्न महिनौँ लाग्ने पक्रिया बनाएको पुनर्निर्माण प्राधिकरणको सुस्त गतिले ५ वर्षमा बनाइसक्ने अपेक्षा गरिए पनि २० वर्षमा पनि पुनर्निर्माण अभियान नसकिने पीडितहरू बताउँछन् ।

राजनीतिक भागवन्डाको आधारमा राहत वितरण, एउटै व्यक्तिले २ चोटी राहत लिनु, भूकम्पपछि घरसंख्या घेरै हुनु, जस्ता जटिल समस्याहरू भोग्दै आएका पीडितहरूले सरकारको न्यानो राहत १० हजार र त्यसअघिको १५ हजार गरी जम्मा २५ हजार रूपैयाँ पाएका छन् ।

काभ्रेमा वितरण गरिएको सो रकम अभैm पनि पनौति नगरपालिकाको ७ नम्वर वडामा वितरण नै हुन सकेको छैन । भूकम्प गएको दिनदेखि नै खाना होइन बस्ने बास मिलाइदेऊ भन्दै आएका पीडितहरूले सरकारसँग बासको मात्रै अपेक्षा गरेको बताउँछन् ।

प्रतिक्रिया