पूर्वराष्ट्रपतिप्रति प्रधानमन्त्रीको आक्रोश : ‘कू’ गर्न खोजेका थिए

g]skfsf] ^& cf}+ :yfkgf lbj; g]skf Pdfn]sf cWoIf Pjd k|wfgdGqL s]kL zdf{cf]nLnufot g]kfn sDo'lgi6 kf6L{sf] ^& cf}+ :yfkgf lbj;sf] cj;/df z'qmaf/ g]skf Pdfn]åf/f /fhwfgLdf cfof]lht sfo{qmddf ;xefuL x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संविधान जारी हुनको महत्व जति पछि त्यति सावित हुँदै गएको बताएका छन् । कम्युनिस्ट पार्टीको ६८औँ स्थापना दिवसमा एमालेद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान बन्न नदिने ठूला प्रयास पनि खुलासा हुँदै गएको बताएका हुन् । ‘संविधान बन्न नदिने कत्रो प्रयास रहेछ, हिजो मात्रै पनि १ जनाको अभिव्यक्तिबाट त्यो खुलासा भयो’ प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति रामवरण यादवको नाम नलिई भने ‘कु गर्नेसम्मको कुरा रहेछ, संविधान जारी हुनु कति महत्वको कुरा रहेछ अहिले आएर सावित भयो ।’ पूर्वराष्ट्रपति यादवले आफूले खुसी भएर संविधान जारी नगरेको र लोकतान्त्रिक बाटोबाट आएकाले मात्रै संविधान जारी गर्न वाध्य भएको बिहीबार खुलासा गरेका थिए । पूर्वराष्ट्रपतिले १७ सालमा जस्तै कु हुने अवस्था रहेको पनि खुलासा गरेका थिए ।

प्रतिपक्षीको सहमतिविना सरकारले राजदूत नियुक्त गरेको भन्दै प्रतिपक्षी कांग्रेसले जनाएको असन्तुष्टिको पनि प्रधानमन्त्री ओलीले जवाफ दिए । एमाले सरकारमा सँगै हुँदा पनि सरकारको नेतृत्व गर्ने कांग्रेसले सल्लाह नगरी एमालेलाई रित्तो बनाइदिन खोजेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिले सरकारले आफ्ना तर्फबाट गर्नुपर्ने काम ढिलो नगरी अघि बढाएको बताए ।

हिजो हामी सरकारमा सँगै थियौँ, फेरि सँगै रहनुपर्छ भनेर भद्र सहमति पनि ग¥यौँ’ तर, प्रधानमन्त्रीको चुनावमा जाँदा एमालेलाई न प्रधानमन्त्री, न राष्ट्रपति न सभामुख, रित्तै बनाउने कोसिस भएको थियो’ प्रधानमन्त्री ओलीले भने, ‘त्यत्रो देशमा राजदूत खाली छन्, यत्रो कूटनीतिक रिक्तता छ राजदूत नियुक्त गरौँ न भन्यौँ, सरकारमा सँगै रहेको दललाई पनि रित्तै पारिदिन अल्मल्याउँदै लगियो ।’ सरकारले गर्नै पर्ने काम अघि बढाउँदा पनि अहिले केहीलाई पर्नु पिर परेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘राजदूत नियुक्त केके कुराले केहीलाई पर्नु पिर परेको छ, अनेक उद्देश्य थिए त्यही भएर साथीहरू उत्तेजनामा आउनु भएको छ’ ओलीको भनाइ थियो, ‘तर एमाले बम्पर परेर, गाई कि त्रिशुल खेल खेलेर सरकारमा पुगेको होइन, काम गर्ने अथोरिटी लिएर पुगेको हो ।’

आफू प्रधानमन्त्री निर्वाचित भएको अवस्था र अहिलेको अवस्था तुलना गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको चुनावमा भोट दिएका दलले पछुताउने दिन आउन नदिने दोहो¥याए । ‘मैले भनेकै थिएँ, मलाई भोट दिनेले पछुताउनु पर्ने छैन’ ओलीको भनाइ थियो, ‘कठीन अवस्था थियो, सासै रोक्ने खालको नाकाबन्दी थियो, तराईमा ५४ जनाभन्दा बढीको ज्यान गएको थियो, दसैँको मुखमा न पेट्रोल न ग्यास थियो । अहिले नाकाबन्दी खुलेको छ, छिमेकी देशहरूसँग सम्बन्ध सुमधुर भएको छ, आन्दोलन गर्ने मित्रहरूले देशप्रति जिम्मेवार भएर आन्दोलन रोक्नुभएको छ ।’

कार्यक्रममा नेता माधवकुमार नेपालले एमाले भित्रको एकता समृद्ध हुँदा शक्ति उचाइमा पुग्ने बताए । उनले नेपालमा कम्युनिस्ट पार्टी नै लोकतन्त्र र देशभक्तिको पहरेदार प्रमाणित भएको वताए । नेपालले आर्थिक क्रान्ति पूरा गर्ने अभिभारा पनि एमालेले लिने बताए ।

प्रतिक्रिया