सिड्नीमा सिर्जना

srijana-khadka copyकाठमाडौं, ९ वैशाख । करिब ९ वर्षअघि अध्ययनको क्रममा अस्ट्रेलिया पुगेकी सिर्जना खड्काले प्रवासमै भए पनि नृत्यंगनाको राम्रो सम्मान पाएकी छन् । पारिवारिक कारण र जिम्मेवारी बढी भएकैले उनी सिडनी बस्दै आएकी भन्दै अस्ट्रेलियाको व्यस्त जीवनबाट जोगिएको समयलाई सदुपयोग गरेको बताएकी छन् ।

उनले सिडिनीमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा उनलाई आफ्नो प्रस्तुति दिन अफर आइहाल्छ । विशेष गरेर दर्शकहरूलाई लामो समयसम्म टिकाइराख्न उनले स्टेजमा प्रस्तुत गर्ने नृत्य गजबकै हुन्छ । सबैभन्दा ठूलो कुरा त इच्छाशक्ति नै हो । भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाए । केही गर्छु भन्ने जोश, जाँगर भयो भने कसैले रोक्न सक्दैन । यस्तै उदाहरण प्रस्तुत गरेकी छिन सिर्जनाले ।

अस्ट्रेलियामा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सिर्जनाको उपस्थिति बाक्लै हुने गर्छ । उनी उत्कृष्ट नृत्य मात्र गर्दिनन्, स्टेज कार्यक्रमको उद्घोषण पनि गर्छिन्, बुटवलकी सिर्जनाको अस्ट्रेलियामा मान उचो नै छ । नेपालबाट कलाकार ल्याएर अस्ट्रेलियामा आयोजना हुने कार्यक्रमहरूमा स्थानीय कलाकारहरूलाई त्यती महत्व नदिँदा भने सिर्जनाको मन दुःखेको बताइन् । उनी भन्छिन्, ‘हामी काम छोडेर कार्यक्रममा दौडिन्छौँ तर त्यस अनुसारको मुल्यांकन छैन । नजिकको तीर्थ हेला भएको छ ।’ अब भने सिर्जना आफ्नो कला क्षेत्रलाई झनै बिस्तार गर्ने योजनामा छिन् । टेलिभिजन कार्यक्रम सञ्चालनदेखि कार्यक्रमहरूको आयोजनासम्मको तयारीमा छिन उनी ।

चाँडै म्युजिक भिडियोमार्फत पर्दामा छाउने उनको नयाँ योजनाले पनि मूर्तरूप पाउँदै छ । अहिलेसम्म अस्ट्रेलियामा हुने कुनै पनि कार्यक्रममा उनको कुशल नृत्य छुटेको छैन ‘सम्मान गरेर बोलाउँछन् जान्छु, जति नाच्यो उति निखारिएजस्तो लागेको छ’ उनले भनिन् ।

प्रतिक्रिया