सबै पार्टीमा गुटबन्दीको असर

राजनीतिक दलहरूमा गुटबन्दी विगतदेखि नै मौलाएको हो । प्रमुख तीन राजनीतिक दल र अन्य साना दलहरू पनि आन्तरिक गुटबन्दीमा फसेका छन् । राजनीतिकध पार्टी र त्यसका नेताहरू इमानदार र स्वच्छ छविका भए मात्र मुलुकले प्रगति गर्न सक्दछ । तर, नेपालमा त उनीहरू गुटबन्दीमै रमिरहेका छन् र गणतन्त्रको उपहास गरिरहेका छन् । प्रायः सबै दलका नेताले गुटबन्दी अन्त्य गरी पार्टीलाई सुदृढ बनाउने प्रतिवद्धता गर्छन् र उनीहरु नै आ–आफ्ना गुटअनुकूल क्रियाकलापमा लिप्त हुन्छ । गुटबन्दीले दललाई कमजोर बनाउनेमात्र होइन, व्यक्तिगत मनोमानीसमेत बढाउने गरेको छ । भर्खरै सकिएको एमाले केन्द्रीय समिति बैठकमा पनि यस्तै दृश्य देखियो । सरकारको कार्यशैली र मनोमानीप्रति नेता माधवकुमार नेपाल निकै आक्रामक रुपमा प्रस्तुत भए । पूर्वप्रधानमन्त्रीसमेत भइसकेका नेपालले एमालेमा संस्थागत निर्णय हुन नसकेको, संस्थागत पक्षबाटै चरम गुटबन्दी भएको आरोप लगाए । पार्टीभित्र छलफल नगरी चीन भ्रमणमा टोली छनोट गरेको, राजनीतिक नियुक्ति गरेको, विभिन्न मुलुकमा राजदूत नियुक्ति गरेको विषयमा अध्यक्ष ओलीस“ग वरिष्ठ नेता झलनाथ खनालले पनि आपत्ति जनाए । पार्टीभित्र आन्तरिक गुट तथा उपगुट सक्रिय हुने गरे पनि प्रक्रियागत ढंगले पार्टीभित्र संस्थागत निर्णय नगर्ने रोग झनै बढेर गएको छ । यसले लोकतन्त्रलाई नै कमजोर बनाउने काम गरेको छ । नेतृत्वको होडबाजीका कारण सबै पार्टीमा गुटबन्दीले नराम्ररी गाँजेको अवस्था छ ।

गुटबन्दी मौलाउनुको मुख्य कारण नेतृत्वमा पुग्ने लालसा नै हो । केही समयअघि सम्पन्न कांग्रेस महाधिवेशनमा यस्तै दृश्य देखियो । कांग्रेसमा संस्थापन अर्थात् कोइराला र देउवा पक्षको गुट सुशील कोइरालाको निधनसँगै बढेर तीनवटा बन्यो । महाधिवेशनमा संस्थापन गुटको नेतृत्व रामचन्द्र पौडेलले गरे भने नया“ गुटबन्दी कृष्णप्रसाद सिटौला प्यानलले ग¥यो । महाधिवेशनमा विजयी शेरबहादुर देउवाले गुटबन्दी अन्त्य गरी पार्टीलाई सुदृढ बनाउ“छु भन्ने गरे पनि आ–आफ्ना स्वार्थअनुकूल गुटबन्दी चलिरहेको छ । यद्यपि, कांग्रेसमा गुटको रोग तत्कालका लागि हटेको जस्तो ठानिए पनि गुटबन्दीको खेल भने रोकिएको छैन । नेपालमा नेतृत्वको होडबाजी र मौलाउ“दै गएको गुटबन्दीले बहुदलीय प्रजातन्त्रकै बदनाम गरिरहेको छ । गुटबन्दी गरिरहेका नेताहरूले आन्तरिक प्रजातन्त्रको अभ्यास गर्न नसकेको देखिएको छ ।

दलभित्र देखिएका आन्तरिक गुटबन्दी अन्ततः सत्ता–संघर्षसँग जोडिने गरेका छन् । गुटबन्दीले कुनै एक नेता वा व्यक्तिका हकमा फाइदाजनक नै होला तर राजनीतिक मूल्यमान्यता, विधिको शासन, पारदर्शिता र संस्थागत निर्णयका आधारमा नेतृत्व गर्नेका हकमा गुटबन्दी प्रत्युत्पादक बन्न सक्छ । गुटबन्दीले राजनीतिक दललाई चिराचिरा बनाएको दृष्टान्त हेर्न एक दशक लामो जनयुद्ध गरेर आएको पार्टीलाई हेरे पुग्छ । माओवादी पहिलो संविधानसभाबाट पहिलो दल बन्न सफल भएको थियो । तर, सो पार्टीमा नेतृत्वको होडबाजी यति बढेर गयो कि गुटबन्दीले माओवादीलाई पा“च÷५ टुक्रा बनाइदियो । पछिल्लो उदाहरण एमाओवादीबाट बाहिरिएका डा. बाबुराम भट्टराई हुन् । उनले एमाओवादीमा रह“दा छुट्टै गुटको प्रतिनिधित्व गरेकै हुन् । अन्ततोगत्वा नेतृत्वको होडबाजीकै कारण उनले माउ पार्टी छाडे, र नया“ शक्ति नेपालको नेतृत्व गर्न पुगे । दलभित्रको समूह, गुट तथा उपगुट सबै पार्टीमा हुने गर्दछ । नेतृत्वलाई थप जिम्मेवार बनाउन वा मनोमानी रोक्नका लागि यस्ता समूहको दबाबले कुनै बेला निर्णायक भूमिका खेल्न पनि सक्छ । तर, हामीकहा“ चाहि“ सत्ता–संघर्ष वा नेतृत्वका लागि मात्रै उपयोग भइरहेको छ ।

प्रतिक्रिया